logo

bar

तारेभीरको फेदीमा कविता वाचन

नयाँ पत्रिका काठमाडौं, २९ पुस | पुष २९, २०७४

गोकर्णेश्वर मन्दिरबाट केही माथि बढेपछि धुले सडक भेटिन्छ । सो सडकमा बस जान मुस्किल छ । मुस्किल छिचोलेर पनि बिहीबार केही कवि उकालो लागे । सन्दर्भ थियो– तारेभीर महोत्सवको प्रचारका लागि आयोजना गरिएको ‘तारेभीरमा कविता’ कार्यक्रम ।

तारेभीरको फेदैमा रहेको तारेभीर प्राविमा कार्यक्रम आयोजना गरिएको थियो । तामाङ जातिको परम्परागत भेषमा सजिएका स्थानीयले कविहरूलाई स्वागत गरेका थिए । कार्यक्रम प्रगतिशील लेखक संघ काठमाडौं जिल्ला शाखा, अभिनव साहित्य समाज र घुम्ती कवि गोष्ठीले आयोजना गरेका हुन् । तारेभीर महोत्सव १ र २ माघमा हुँदै छ ।

कार्यक्रममा बालमुकुन्द कार्की, रामचन्द्र दाहाल, गोविन्द वेदमणि, रसुवाली कवि, शान्ति रिसाल, प्रकाश गुरागाईं, मुक्तान थेवा, केवल विनाबी, सूर्य चापागाईं, सुशीला खड्का, भीम क्षेत्री, पागल यात्री, माधव घिमिरेलगायतले कविता वाचन गरेका थिए । कवि मुक्तान थेवा र निष्णु थिङले तामाङ भाषामा समेत कविता वाचन गरे ।

तपाईको प्रतिक्रिया