logo

bar

छात्रवृत्तिमा पढेका डाक्टरलाई स्वदेश फर्काउनुपर्छ : भट्टराई

नयाँ पत्रिका काठमाडौं, २९ पुस | पुष २९, २०७४

एमाले सचिव तथा नवनिर्वाचित सांसद योगेश भट्टराईले राज्यले छात्रवृत्तिमा पढाएका जनशक्तिबाट लाभ लिन सक्नुपर्ने बताएका छन् । उच्च माध्यमिक शिक्षक एसोसियसन (हिस्टान) ले शुक्रबार आयोजना गरेको कार्यक्रममा भट्टराईले सरकारले दिएको छात्रवृत्तिमा पढेका डाक्टरहरू बिदेसिन नपाउने बताएका हुन् ।

नेपालले लगानी गरेर योग्य बनाएको जनशक्ति विदेशले प्रयोग गरिरहेको उनको भनाइ थियो । उलने छात्रवृत्तिमा पढेका सबै डाक्टरलाई स्वदेश फर्काउनुपर्नेमा समेत जोड दिए । कार्यक्रममा पूर्वशिक्षामन्त्री डिआर पौडेलले आफू शिक्षामन्त्री हुँदा तयार भएको शिक्षा नियमावली जारी नहुँदा शिक्षामा क्षेत्रमा अन्योल बढेको बताए ।

शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालले शिक्षकको व्यवस्थापनका लागि प्रदेश स्तरमा शिक्षा मन्त्रालयको युनिट बनाउनुपर्ने बताए । उनले कक्षा ११ र १२ का लागि २० हजार शिक्षकको दरबन्दी आवश्यक रहेको जानकारी दिए ।

हिस्टानका अध्यक्ष दीपक सुवेदीले कक्षा ११ र १२ सञ्चालन भएका ३ हजार सामुदायिक विद्यालयलाई दुई हजार दरबन्दी र ४ हजार अनुदान कोटा मात्रै दिँदा पठनपाठनमा समस्या भइरहेको बताए । हिस्टानका महासचिव पुष्प न्यौपानेले कक्षा ११ र १२ लामो समयसम्म बेवारिसे जस्तै गरी सञ्चालन हुँदा पनि सरकारले बेवास्ता गरेको आरोप लगाए ।

नेपालले लगानी गरेर योग्य बनाएको जनशक्ति विदेशले प्रयोग गरिरहेको हुँदा छात्रवृत्तिमा पढेका सबै डाक्टरलाई स्वदेश फर्काउनुपर्छ

तपाईको प्रतिक्रिया