logo

bar

बालिका हत्याको विरोधमा पाकिस्तानभर प्रदर्शन

एजेन्सी इस्लामाबाद, २८ पुस | पुष २८, २०७४

पाकिस्तानका सात वर्षीया बालिकाको बलात्कारपछि हत्याको विरोधमा देशव्यापी प्रदर्शन भएको छ । पञ्जाव प्रान्तकी सात वर्षीया जाइनाबको हत्यापछि बलात्कारलाई लिएर देशव्यापी प्रदर्शन भएको हो । यही जनवरी ५ मा ट्युसन पढ्न गइरहेका वेला जाइनाबलाई एक शंकास्पद व्यक्तिले अपहरण गरेको थियो । अपहरणको चार दिनपछि उनको हत्या भएको थियो ।

बालिका अपहरण गरेको दृश्य सिसिटिभीको फुटेजबाट थाहा भएको थियो । उनको शव अपहरण गरेको चार दिनपछि अपहरण गरिएको स्थानबाट एक माइल टाढा फोहोरको कन्टेनरमा भेटिएको थियो ।

बालिकाका हत्यारालाई मृत्युदण्ड दिइनुपर्न माग प्रदर्शनकारीले गरेका छन् । बालबालिकामाथि हुने हिंसाका घट्ना रोकी दोषीलाई कडाभन्दा कडा कारबाही गर्नसमेत प्रदर्शनकारीले माग गरेका छन् ।
बालिकाको बारम्बार बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । सो घटनापछि सम्पूर्ण पाकिस्तान नै स्तब्ध भएको छ ।

हत्यारा पत्ता नलाग्दासम्म ती बालिकाको अन्त्येष्टि नगरिने उनका बुबाले अडान लिएका छन् । पाकिस्तानमा पछिल्ला समयमा बालबालिकामाथिको हिंसामा वृद्धि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु