logo

bar

राष्ट्रपति ट्रम्पले भुले राष्ट्रगानका शब्द

एजेन्सी न्युयोर्क, २७ पुस | पुष २७, २०७४

अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्प विवादमा मुछिएका छन् । यसपटक ट्रम्प आफ्नै कारण विवादमा परेका हुन् । अमेरिकाको राष्ट्रगानका पूरै शब्द उच्चारण गर्न नसक्दा ट्रम्पको व्यापक आलोचना भइरहेको छ । क्यालिफोर्नियामा सञ्चालित एक फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा ट्रम्पले अमेरिकाको राष्ट्रगानका शब्द उच्चारण गर्न सकेनन् ।

आयोजकले सुरुमै राष्ट्रगान कार्यक्रम राखेको थियो । आयोजकले राष्ट्रगानका लागि पाहुनाहरूलाई उठ्न आग्रह गर्‍यो । राष्ट्रपति ट्रम्प पहिलो पंक्तिमै उभिएर राष्ट्रगान गुनगुनाए । स–साना बालबालिकाले राष्ट्रगान सुरु गरेपछि उपस्थित सबैले उनीहरूलाई नै पछ्याए । तर, राष्ट्रपति ट्रम्प भने रोकिई–रोकिई राष्ट्रगान गुनगुनाइरहेका देखिन्थे ।

क्यालिफोर्नियाको एक फुटबल कार्यक्रमको उद्घाटन समारोहमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई राष्ट्रगानका पूरै शब्द नआउँदा रोकिई–रोकिई शब्द उच्चारण गरेको अन्तर्राष्ट्रिय मिडियाहरूको दाबी

अन्तर्राष्ट्रिय मिडियाहरूले अमेरिकी राष्ट्रपति ट्रम्पलाई पूरै राष्ट्रगानका शब्द नआउँदा नै फुटबलको उद्घाटन समारोहमा रोकिई–रोकिई उच्चारण गरिरहेको जनाएका छन् । ट्रम्पले सुरु र अन्त्यमा ठूलो स्वरमा उच्चारण गरे पनि मध्यभागका शब्दहरू सानै स्वरमा उच्चारण गरेको एजेन्सीहरूले जनाएका छन् । यसैकारण ट्विटर र अन्तर्राष्ट्रिय मिडियालगायतले ट्रम्पको व्यापक आलोचना गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु