logo

bar

इन्जुरी समयमा अगुएरोले टारे सिटीको संकट

एजेन्सी लन्डन | पुष २७, २०७४

सर्जिओ अगुएरोले अतिरिक्त समयमा निर्णायक गोल गरेपछि सिटीले कार्वाओ कप (इएफएल) फुटबल प्रतियोगिताको सेमिफाइनलको पहिलो लेगमा संघर्षपूर्ण जित निकालेको छ । सिटीले ब्रिस्टोल सिटीलाई पराजित गर्ने क्रममा अगुएरोले इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेका थिए । म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै सेमिफाइनल पुगेको ब्रिस्टोलले सिटीलाई सहज जितको मौका भने दिएन ।

सुरुवाती अग्रता बनाउने क्रममा ब्रिस्टोल सिटी पहिलो हाफको अन्तिम समयमा रोब्बी रेइडको पेनल्टीमार्पmत खेलमा अग्रता कायम गर्न सफल भयो । जोन स्टोन्सको गल्तीका कारण पाएको पेनल्टीलाई सदुपयोग गर्दै टिमले सुरुवाती अग्रता लियो, तर ब्रिस्टोल उक्त अग्रता लामो समय कायम राख्न असफल भयो । दोस्रो हाफको सुरुवातमै केभिन डी ब्रुइनले गोल गर्दै सिटीलाई बराबरीमा ल्याए । रहिम स्टर्लिङको पासमा आकर्षक गोल गरेका डी ब्रुइनले त्यसपछि पनि केही राम्रा आक्रमण गरेका थिए ।

वैकल्पिक खेलाडी अगुएरोको निर्णायक गोल
७०औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका सर्जिओ अगुएरोले सिटीलाई जित दिलाउन निर्णायक गोल गरे । खेल बराबरीतर्फ उन्मुख रहँदा इन्जुरी समयको दोस्रो मिनेटमा सिटीले आकर्षक गोल सम्भव बनाएको थियो । अगुएरोले बेर्नान्ड सिल्भाको क्रसलाई आकर्षक हेडमार्फत गोलमा परिणत गर्दै सिटीको निरन्तर जित जारी राखे ।

तपाईको प्रतिक्रिया