logo

bar

इरानमा सरकारविरोधी प्रदर्शन जारी

नयाँ पत्रिका तेहरान | पुष २५, २०७४

इरानमा सोमबार पनि सरकारविरोधी प्रदर्शन भएको छ । डेढ सातादेखि सरकारविरुद्ध भएको प्रदर्शन सोमबार पनि जारी रहेको हो । प्रदर्शनमा अहिलेसम्म २३ जनाको मृत्यु भएको छ । प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा उनीहरूको मृत्यु भएको हो । सरकारविरोधी प्रदर्शनमा दजनौँ प्रदर्शनकारी पक्राउ परेका छन् ।

देशमा आर्थिक समस्या जटिल बनेको र दैनिक उपभोग्य वस्तुको अभाव भएको प्रदर्शनकारीले गुनासो गर्दै आएका छन् । सरकारविरोधी प्रदर्शन तीव्र भइरहेका वेला राष्ट्रपति हसन रौहानीले कानुन मिच्ने र विद्रोेह गर्नेलाई इरानी जनताले प्रतिवाद गर्ने बताएका छन् । आन्दोलनमा विदेशी र अतिवादीहरूको हात रहेको रौहानीले आरोप लगाएका छन् ।

विरोधीले प्रदर्शनकारीलाई उचालेका र विदेशीहरूको घुसपैठ भएको रौहानीले आरोप लगाएका छन् । इरानमा डिसेम्बर २८ देखि सर्वसाधारणले सरकारविरुद्ध प्रदर्शन शुरु गरेका हुन् । इरानका क्वाजभिन, राष्ट्र, साहर ए कुर्द र याज्डलगायतका थुप्रै सहरमा दिनहुँजसो सरकारविरोधी हुने प्रदर्शन हुने गरेका छन् । प्रदर्शनमा दसौँ हजारको सहभागिता देखिन्छ । सरकारविरोधी प्रदर्शन तीव्र भइरहेका वेला तीन दिनअघि सरकारको समर्थनमा प्रदर्शन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु