logo

bar

अनाथ बालबालिकाको सहयोगार्थ युएईमा सांस्कृतिक कार्यक्रम

लक्ष्मण खनाल युएई, ११ पुस | पुष २०, २०७४

चेपाङ तथा मुस्लिम अनाथ बालबालिकाको सहयोगार्थ युएईमा ‘शुभकामना साँझ सांस्कृतिक कार्यक्रम’ गरिएको छ । युएईको बर दुबईस्थित रोयल अस्कोट होटेलमा भएको कार्यक्रममा चर्चित कलाकारहरू रामकृष्ण ढकाल, हेमन्त राना, इन्दिरा जोशी, सन्दीप क्षेत्री र नम्रता सापकोटाले आ–आफ्नो प्रस्तुति दिए ।

हेमन्त रानाको ‘४० कटेसी रमाउँला’ बोलको गीतले दर्शकको मनलाई भावुक बनायो भने भने सन्दीप क्षेत्रीले हास्य प्रस्तुतिमा दर्शकलाई रमाए । गायिका इन्दिरा जोशी र गायक रामकृष्ण ढकालले पनि गीतमार्फत दर्शक झुमाए ।

मनोज गोर्खाली, मदन अधिकारीलगायतको सक्रियतामा भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ आइसिसी सचिव डिबी क्षेत्रीलगायत युएईमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि उपस्थित थिए ।

कार्यक्रममा सहयोग गर्ने समाजसेवी, व्यवसायी र विभिन्न संस्थालाई सम्मान गरियो । कार्यक्रमको मुनाफाबाट धादिङ र चितवनमा रहेका चेपाङ बालबालिका तथा हेटौँडामा रहेको मुस्लिम बालबालिकाको दारुण कुरान मदरसालाई सहयोग गरिने आयोजकले जनाएको छ । सहयोग रकम उनीहरूको शिक्षा र स्वास्थ्यमा सदुपयोग गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया