logo

bar

पत्रकार महासंघ युएई शाखाको वार्षिकोत्सव १२ जनवरीमा

लक्ष्मण खनाल युएई, १ पुस | पुष २०, २०७४

नेपाल पत्रकार महासंघ युएई शाखाको वार्षिकोत्सव १२ जनवरीमा हुने भएकाे छ । युएई शाखाले आफ्नो स्थापनाको दशौँ वार्षिकोत्सवमा खोजमुलक पत्रकारिता तालिम आयोजना गर्ने र उत्कृष्ट पत्रकारिता अवार्ड वितरण गर्ने भएको छ ।

नेपाल पत्रकार महासंघ युएई शाखाको ८ डिसेम्बर शुक्रबार बसेको बैठकले आगामी १२ जनवरी शुक्रबार औपचारिक कार्यक्रमसहित वार्षिको त्सव मनाउने निर्णय गरेको हो । शाखाले आफ्नो वार्षिक उत्सवमा युएईमा क्रियाशील नेपाली पत्रकारहरूको स्तरोउन्नति गर्ने उद्देश्यका साथ खोजमूलक पत्रकारिता तालिम आयोजना गरेको शाखाका अध्यक्ष भुपराज बस्यालले जानकारी दिए ।

तालिमका लागि प्रशिक्षक तथा कार्यक्रमको विशेष अतिथिको रूपमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँले युएई आउने बस्यालले बताए ।

साथै, कार्यक्रममा युएईमा क्रियाशील नेपाली पत्रकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एकजनालाई उत्कृष्ट पत्रकारिता अवार्ड वितरण गरिने पनि बस्यालले बताए । युएईमा छापा तथा अनलाइन विभिन्न सञ्चार माध्यमहरुमा लेख, रचना, समाचार सम्प्रेषण गर्ने करिब ५० जना नेपाली पत्रकार सक्रिय का छन ।

युएई शाखाले वनभोज गर्ने

वार्षिकोत्सवको अवसरमा शाखाले वनभोज कार्यक्रम पनि गर्ने भएको छ । जनवरी १ मा दुबईमा रहेको जाविल पार्कमा वनभोज कार्यक्रम गर्ने शाखाका अध्यक्ष बस्यालले बताए । वनभोज व्यवस्थापनका लागि शाखाको कार्यसमिति सदस्य दामोदर दाहालको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ ।

संयोजक दाहालका अनुसार युएईमा क्रियाशील विभिन्न पत्रकारहरू, समाजसेवी, व्यवसायी, संघसंस्थाका प्रतिनिधि र प्रवासमा रहेका नेपालीहरूबीच भातृत्व र आपसी सद्भाव दरिलो बनाउने उद्देश्यका साथ वनभोज आयोजना गरिएको हो ।

तपाईको प्रतिक्रिया