logo

bar
logo
Advertisment
SKIP THIS

धनकुटा प्रादेशिक राजधानी बनाउन प्रधानमन्त्री देउवा र प्रचण्ड सकारात्मक

नयाँ पत्रिका काठमाडाैँ | पुष १९, २०७४

प्रदेश नं १ को प्रदेश प्रमुखको मुकाम र प्रदेशसभा पहिलोपटक धनकुटामा गर्न माग गर्दै धनकुटावासीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । धनकुटा प्रादेशिक राजधानी हुनुपर्ने भन्दै धनकुटाका नागरिकले सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । धनकुटाबाट राजधानीमा आएको सर्वपक्षीय प्रतिनिधिमण्डलको टोलीले आज प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई वालुवाटारमा भेटी ध्यानाकर्षण गराएको हो ।

टोलीले धनकुटा पूर्वाधार, सामथ्र्य, सुरक्षा, सुन्दरता तथा खानीका हिसावले प्रादेशिक राजधानी बनाउन उपयुक्त रहेको र अन्तर्रा्ष्ट्रिय सिमाना तथा भौगोलिक समदूरीले पनि उपयुक्त रहेको तर्क बताएको थियो । दलबलसहित आएको टोलीले प्रदेशसभाको पहिलो बैठक गर्नेबारे निर्णय गरिदिन सरकारसँग माग गरेको छ ।

भेटमा प्रधानमन्त्री देउवाले पूर्वाञ्चलको क्षेत्रीय सदरमुकाम रहेको र भौतिक पूर्वाधारले सम्पन्न धनकुटालाई प्रादेशिक राजधानी बनाउन आफू सकारात्मक रहेको बताए ।

प्रतिनिधिमण्डलमा प्रादेशिक राजधानी निर्माण अभियान समितिका संयोजक उमेश घिमिरे, प्रदेशसभाका सांसदहरु इन्द्रमणि पराजुली, लीला सुब्बा, बिना राई, कुसुम कुमारी श्रेष्ठ, पूर्व सांसद मनोहरनारायण श्रेष्ठ, कांग्रेस धनकुटाका सभापति अग्निप्रसाद पौडेल, मानवाधिकार एलाइन्सका केन्द्रीय उपाध्यक्ष विदुर सुवेदीलगायत विभिन्न पार्टीका सम्पर्क समितिका पदाधिकारी थिए ।

समितिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर धनकुटालाई प्रादेशिक राजधानी तोक्नका लागि सहयोग गर्न आग्रह गरेको थियो । अध्यक्ष प्रचण्डले उक्त मागप्रति आफू सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए । यता धनकुटा प्रादेशिक राजधानी हुनुपर्ने भन्दै अनिश्चितकालिन आमहड्तालको घोषाणा गरिएको छ । हड्ताल जारी रहेकाले त्यहाँको जनजिवन कष्टकर बनेको छ । रासस

प्रादेशिक राजधानीको विरोध गर्दै धनकुटामा आमहडताल सुरु

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु