logo

bar

कैलालीका शक्तिपीठ पुगे पूर्वराजा, भ्रमण पारिवारिक भएको प्रतिक्रिया

तेजराज भट्ट धनगढी, १९ पुस | पुष १९, २०७४

केही दिनदेखि नेपालगंजमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार धनगढी आईपुगेका छन् । पूर्वराजा शाहले दिउँसो धनगढीस्थित धार्मीक पर्यटकीय क्षेत्र शिवपुरी धामको दर्शन गर्नुका साथै पूजाआजा गरेका छन् । साढे १२ बजेतिर धाममा पुगेका उनले त्यहाँ करिब १ घण्टा बिताएका थिए ।

पूर्वराजा ज्ञानेन्द्रले शिवपुरी धाममा रहेको १ सय ८ फिट अग्लो शिवलिंग र अन्य धार्मिक संरचनाको अवलोकन गरेका थिए । शिवपुरी धामको मुख्य मन्दिरमा उनले करिब १५ मिनेट पुजाआजासमेत गरेका थिए ।

धाम व्यवस्थापन समितिका अध्यक्षसँग छोटो कुराकानी गरेका पूर्वराजा ज्ञानेन्द्रले पत्रकारसँग आफू मन्दिर दर्शनका लागि आएको प्रतिक्रिया दिएका थिए । उनले धेरै पछि आफू धनगढी आएको उल्लेख गर्दै यहाँ आउन पाएकोमा खुशी व्यक्त गरे ।

पूर्वराजा ज्ञानेन्द्रले धामको विकासका लागि आफूले सक्दो सहयोग गर्ने धाम व्यवस्थापन समितिका पदाधिकारीलाई आश्वासन दिएका थिए । पूर्वराजा आएपछि शिवपुरी धाममा स्थानीयको भीड लागेको थियो । यसअघि पूर्वरानी कोमल र परिवारका अन्य सदस्यसहित धनगढी आउने कार्यक्रम रहेपनि उनीमात्र धनगढी आएका हुन् ।

यहाँस्थित होटेल जलसामा खाना खाएर बुधबार नै ज्ञानेन्द्र नेपालगंज फर्कन लागेका उनको सचिवालयले जानकारी गराएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक बीरबहादुर मगरले बताए ।

तपाईको प्रतिक्रिया