logo

bar

चिसाेले मधेसको जनजीवन प्रभावित, सिरहामा दाउरा बाड्दै सशस्त्र प्रहरी

दिलिप सिंह सिरहा, १९ पुस | पुष १९, २०७४

सिरहामा बुधवार बिहानदेखि अत्यधिक चिसो बढेको छ । चिसो बढेपछि लहान नगरपालिकाको बजार क्षेत्रमा सशस्त्र प्रहरी वेश लहानले दाउरा बितरण गरेको छ ।

 सशस्त्र प्रहरी निरीक्षक अनिरुद्र हजराको नेतृत्वमा बजारमा आगो व्यवस्थापन गर्न सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरी उपरीक्षक निरंकार शुक्लाले बताए । एक्कासी अत्यधिक चिसो बढेपछि अत्यधिक चाप हुने सरकारी कार्यालयहरुमा समेत सेवाग्राही देखिदैनन् ।

मंगलबार रातिदेखि हावा चलेका कारण बुधवार बिहानदेखि नै सिरहामा चिसो बढेको हो । नगरपालिका बासिन्दालाई चिसोबाट प्रभावति हुन नदिन लहान नगरपालिका र जिल्ला बन कार्यालयले समेत दाउरा बितरण गरिरहेको लहान नगरपालिकाका मयर मुनि साहले बताए । चिसोले बालबालिका, वृद्ध, वृद्धा र बिरामीहरु बढी प्रभावित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु