logo

bar

बागलुङ महोत्सवमा ‘सोनु’ को किसिङ र डान्सिङ धमाका

हरिप्रसाद शर्मा बागलुङ, १९ पुस | पुष १९, २०७४

बागलुङ महोत्सवमा विशेष आकर्षकको रुपमा ‘सोनु’ (उँट) को नृत्य हेर्न सर्वसाधारणको भीड लागेको छ । मेलाका अवसरमा पहाडमा पहिलो पटक ल्याइएको सोनु भारतको राजस्थानको हो । वि.जी गु्रप गुल्मीका शिव गौतमको समूहले ल्याएको उँट अहिले ४ वर्ष पुगेको छ । बागलुङ महोत्सवमा ल्याउन लागेको उँट व्यवस्थापन समितिका संयोजक पूर्णबहादुर केसीले बताए ।

६ प्रकारका अभियनमा सोनुको निपूर्ण

सानु नामले चिनिने उक्त उँटले विभिन्न  ६ प्रकारका अभिनय गर्ने गर्दछ । तालिम प्राप्त उँटले चुम्वन (किस गर्ने), हेन्ड चेक गर्ने, निर जैले रिसाउनी गितमा नृत्य, अभिवादन, कुकुर जस्तैगरी बस्ने, सलाम गर्ने, सिंहको सिकार गर्ने लगायतका अभियन गर्ने गर्दछ ।

तालिम प्राप्त उँटले विभिन्न धुनमा नृत्य गर्ने गरेको छ । उँटको नृत्य हेर्न दर्शकले रु ५० को टिकट लिनुपर्छ । टिकट वितरणका लागि उँट ल्याउने समुहले नै टिकट कटाएको छ । टिकट आम्दानीको आधारमा २० प्रतिशत बागलुङ उद्योग बाणिज्य संघलाई आउने केसीले बताए

नेपाली फिल्ममा पनि अभियन गर्ने

उँट ल्याउने गु्रपका संयोजक शिव गौतमका अनुसार, तालिम प्राप्त उक्त उँटले नेपालका चर्चित फिल्ममा पनि अभियन गर्न लागेको बताए । ‘नेपाली चलचित्रमा पनि उँटको नाँचको सुटिङ केही भएको छ । केही बाँकी छ ।’ गौतमले भनेँ, ‘महोत्सव सकिएपछि सुटिङ गर्ने तयारीमा छौँ । तालिम प्राप्त उँट ‘माया जैले रिसाउनी, कैलो होला मायासँग माया मिसाउने‘ र अन्य बोलका गीतहरुका नृत्य गर्ने केसीले बताए ।

मरुभूमिको उँट पहाडमा

हराउँदै गएको नेपाली कला र संस्कृतिको पहिचान कायम गर्न उँट नाँच देखाइएको आयोजकले जनाएको छ । खासगरी मरुभूमिमा सिमित उँट पहाडसम्म ल्याउन सकिने रहेछ भन्ने सन्देश सँगै आम दर्शकहरुलाई आकर्षित गर्न उँट नृत्य देखाइने लागेको उद्योग बाणिज्य संघका अध्यक्ष तथा बागलुङ महोत्सव—२०७४ का मूल संयोजक जयराम भारीले बताए । नेपालमै नपाइने जनावर पहाडमा देख्न पाइने भएपछि आकर्षण बढ्न थालेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु