logo

bar

लमजुङमा जारी त्रिवेणी कपको आज फाइनल

शान्ता कमली/नयाँ पत्रिका लमजुङ १९ पुस | पुष १९, २०७४

आयोजक त्रिवेणी यूवा क्लव र बेसीशहर यूथ सोसाइटी शेरा भिड्दै –

लमजुङ सदरमुकाम बेसीशहरमा जारी २६ औँ राष्ट्रव्यापी त्रिबेणी कप फुटबल प्रतियोगीको आज अन्तीम दिन आयोजक त्रिबेणी यूवा क्लब बेसीशहर र बेसीशहर यूथ सोसाईटी शेरा फाइनलमा भिड्दै छन् ।

मंगलबार आयोजक त्रिबेणी यूवा क्लब र सुन्दरबजार यूवा क्लब सुन्दरबजारबीच भएको सेमिफाइनलको पहिलो खेलमा निर्धारीत समयमा दुई दुई गोलको बराबरी भएपछि ट्राइबेकरमा ६ का विरुद्ध ७ गोलको अन्तरले सुन्दरबजार यूवा क्लब सुन्दरबजारलाई हराँदै आयोजक त्रिबेणी यूवा क्लब फाइनलमा प्रवेश गरेको हो ।

बेसीशहर यूथा सोसाईटी शेरा र घनपोखरा यूवा क्लब घनपोखराबीच भएको सेमिफाइनलको दोस्रो खेलमा निर्धारीत समयमा एक एक गोलको बराबरी भएपछि ट्राईबेकरमा ११ का विरुद्ध १२ गोल गर्दै घनपोखरा यूवा क्लबलाई हराँदै बेसीशहर यूथ सोसाइटि फाइनलमा प्रवेश गरेको हो ।

आयोजक त्रिबेणी यूवा क्लब र बेसीशहर यूथ सोसाइटिबीचको फाइनल खेल बुधबार मध्यान्न १२:३० बजे हुने आयोजकले जनाएको छ । पुस १२ गतेबाट शुरु भएको प्रतियोगीताको फाइनल खेल पुस १९ गते हुने भएको छ ।

प्रतियोगितामा विजयी समुहले नगद ३ लाख पाउने

विगतमा पहिलो पुरस्कार १ लाख ५० हजार रुपैयाँ भएकोमा रजत जयन्ती सँगै गतवर्षदेखि उक्त राशीमा दोब्बर वृद्धि गर्दै ३ लाख रुपैयाँ पुर्‍याईएको छ ।

प्रतियोगितामा विजयी समुहलाई नगद ३ लाख रुपैयाँ सहित त्रिवेणीकप, स्वर्ण पदक र प्रमाणपत्र दिईनेछ भने उपविजेतालाई १ लाख ५० हजार सहित रजत पदक र प्रमाणपत्र, सेमिफाईनलका उपविजेता दुई समुहलाई ५०-५० हजार प्रदान गरीनेछ ।

त्यस्तै, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई जनही १५ हजार र अनुशासित टिमलाई १० हजार सहित स्वर्णपदक र प्रमाणपत्र उपलब्ध गराईने क्लबले जनाएको छ । बेसीशहरको सहजी खेलमैदानमा सुरु भएको सो प्रतियोगितामा राष्ट्रियस्तरका २३ टिमले सहभागीता जनाएका थिए ।

तपाईको प्रतिक्रिया