logo

bar

पोखरामा चारदिने नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव

नयाँ पत्रिका काठमाडौं, १९ पुस | पुष १९, २०७४

 नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल माघ १९ देखि २२ सम्म पोखराको गैरेपाटनमा हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने महोत्सवबारे सोमबार राजधानीमा प्रेसमिट गरी जानकारी दिइयो ।

महोत्सवमा नेपालसहित विभिन्न देशका ५३ वटा लामा–छोटा फिल्म प्रदर्शन गरिनेछ । प्रतिष्ठानका अध्यक्ष केपी पाठकले कथाहरूको उत्सवका रूपमा लिइएको महोत्सवले चलचित्रलाई बौद्धिक प्रक्रिया हो भन्ने मान्यता स्थापित गराउन मद्दत गर्ने दाबी गरे ।

महोत्सवमा भाग लिनका लागि विश्वका विभिन्न देशबाट चार सयभन्दा बढी फिल्मले आवेदन दिएका थिए । त्यसमध्ये आफूसहित तीर्थ श्रेष्ठ, करुण थापा, विजयरत्न तुलाधर तथा सचिन घिमिरेको फिल्म छनोट समितिले ५३ फिल्म छानेको महोत्सव निर्देशक मनोज पण्डितले जानकारी दिए । महोत्सवमा यादव खरेल, डा.चैतन्य मिश्र, नवीन सुब्बा, सुरेश ढकाल, तीर्थ श्रेष्ठ, सरुभक्त, अनुप बराल, रवीन्द्र अधिकारी, मणि थापा, विश्वप्रकाश शर्मालगायतका व्यक्तित्वले फिल्मको वैचारिक र सिर्जनाको पक्षमा अन्तरक्रिया गर्नेछन् ।

महोत्सवमा उत्कृष्ट ठहरिने फिल्म, वृत्तचित्र तथा लघुफिल्मलाई नगद पुरस्कार प्रदान गर्ने व्यवस्था रहेको छ । महोत्सवमा १३ वटा फिचर र ४० वटा लघुफिल्म प्रदर्शन हुनेछन् । त्यसैगरी, फिल्म र समाजसम्बन्धी विभिन्न १० विषयमा अन्तक्र्रिया तथा छलफल चलाइने आयोजक संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु