logo

bar

रक्तदाता प्रेमसागर सम्मानित

नयाँ पत्रिका काठमाडौं, १९ पुस | पुष १९, २०७४

सयपटकसम्म रक्तदान गरेका स्वयंसेवी रक्तदान समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यलाई एभरेस्ट ग्रुपले सम्मान गरेको छ । बृहत् अन्तरक्रिया तथा रक्तदान कार्यक्रमका क्रममा उनी सम्मानित भएका हुन् ।

एभरेस्ट ग्रुपका पूर्वअध्यक्ष देवीराज श्रेष्ठले उनलाई खादा ओढाएर सम्मान गरे । त्यसक्रममा सदस्य गंगामाया तामाङले डिएक्सएन लोगो अंकित कप तथा एभरेस्ट ग्रुपका वर्तमान अध्यक्ष विजय बुढामगरले मायाको चिनो प्रदान गरेका थिए ।

रगत तथा रक्ततत्वको अभाव न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले रक्तदान कार्यक्रम आह्वान गरेको छ । यही कार्यक्रमलाई सार्थक बनाउन एभरेस्ट ग्रुपले अन्तरक्रिया तथा रक्तदान कार्यक्रमको आयोजना गरेको कार्यक्रम संयोजक पुकार छन्त्यालले जानकारी दिए । कार्यक्रममा ९५ जना महिला तथा पुरुषले रक्तादन गरेको कार्यक्रम सञ्चालक कृष्ण घिमिरेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया