logo

bar

मकवानपुर उद्योग वाणिज्य संघमा कटुवाल

सुदीप शिवाकोटी/नयाँ पत्रिका मकवानपुर, १९ पुस | पुष १९, २०७४

मकवानपुर उद्योग वाणिज्य संघको ५१औँ वार्षिक साधारणसभाले कृष्ण कटुवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । कटुवाल यसअघि संघको वरिष्ठ उपाध्यक्ष थिए । महेन्द्र राउतलाई १ सय ८८ मतान्तरले पराजित गर्दै कटुवाल अध्यक्षमा निर्वाचित भएका हुन् । उनले १ हजार २६ मत प्राप्त गरेका थिए ।

साधारणसभाबाट वाणिज्यतर्फ उपाध्यक्षमा कृष्णकुमार गुप्ता अग्रवाल, उद्योगतर्फ उपाध्यक्षमा माधव न्यौपाने, एसोसिएटतर्फ उपाध्यक्षमा गणेशप्रसाद भेटवाल विजयी भएका छन् । वस्तुगत उपाध्यक्षतर्फ रामप्रसाद न्यौपाने निर्विरोध भएका थिए ।

त्यसैगरी, सदस्यमा उद्योगतर्फ प्रमोदसिंह रानाभाट, रूपकराज दाहाल, सन्तोष अर्याल, नरेन्द्र भण्डारी, प्रतिमा श्रेष्ठ, वाणिज्यतर्फ सदस्य काव्यमणि अधिकारी, रवि शर्मा कँडेल, कुलप्रसाद चौलागाईं, कृष्ण ढुंगाना, अनिल अग्रवाल, माधव ज्ञवाली, दिवस पराजुली निर्वाचित भएका छन् ।
निलम वैद्य, राधिका पाण्डे र कृष्णहरि बर्तौला भने वाणिज्यतर्फ सदस्यमा निर्विरोध भएका थिए ।

त्यस्तै, वस्तुगततर्फ सदस्यमा राजुु अधिकारी, सुनील अधिकारी, एसोसिएटतर्फ शान्तिराम धिमाल, दीपक उप्रेती, राजाराम कार्की, विष्णुगोपाल महर्जन, विष्णु खनाल निर्वाचित भएको मउवासंघका कानुनी सल्लाहकार तथा निर्वाचन अधिकृत ईश्वरराज ढकालले बताए । संघको कार्यसमितिमा ३१ पदका लागि ४२ जनाले उम्मेदवारी दिएका थिए । २ हजार ३ सय ५६ मतदाता रहेकोमा १ हजार ९ सय ९६ जनाले मतदान गरेका थिए ।

तपाईको प्रतिक्रिया