logo

bar
logo
Advertisment
SKIP THIS

वार्ता भाँडिएपछि सडकमा झडप

राजकुमार गाेले काभ्रे | पुष १८, २०७४

सडक दुर्घटनमा परी मृत्यु भएका आफन्तहरुले मंगलवार बिपी राजमार्ग अवरुद्ध गरे । आइतबार काठमाडौँबाट ओखलढुंगातर्फ जादै गरेको बा ३ ख ५९५५ नम्बरको यात्रुवाहक बसले नमोबुद्ध नगरपालिका–१ कि ३७ वर्षीया फूलमाया तामाङलाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो ।

सोमबार उपचारको क्रममा धुलिखेल अस्पतालमा उनको निधन भयाे । सोमवार पीडित पक्ष, यातायात सेवा समिति र प्रहरी प्रशासनबीचको वार्ता विनानिष्कर्ष टुंगिएपछि मंगलवार स्थानीयवासीले विपी लाेकमार्ग अवरुद्ध गरेका पारे ।

मृतकका परिवारले यातायात सेवा समितिसँग १२ लाख क्षतिपूर्ति मागे । तर, समितिले उक्त रकम दिन नसक्ने बताएपछि वार्ता भाँडिएको थियो ।

पीडित परिवार र स्थानीयले विपी राजमार्गको पात्लेखेतमा दुई घण्टा सडक अवरुद्ध पारे आन्दोलनकारीलाई प्रहरीले राजमार्ग अवरुद्ध नगर्न पटक-पटक आग्रह गरिरहेकाे थियाे । तर आन्दोलनकारीले आन्दोलन फिर्ता लिएनन् ।

आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा केही आन्दोलनकारी घाइते भए । प्रहरीले स्थिति नियन्त्रणमा लिन ६ सेल अश्रुग्यास प्रहार गर्‍यो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख सहकुलबहादुर थापाले पीडित र यातायात समितिबीच वार्ता नमिलेको नयाँ पत्रिकासँग स्वीकारे ।

उनले क्षतिपूर्तिमा पीडित र यातायात समितिसँग वार्ता निमल्दा स्थानीयले राजमार्ग अवरुद्ध गर्दा समान्य झडप भएको पनि बताए ।

‘हामीले पीडित पक्ष र यातायतात समितिलाई पटक-पटक वार्तामा आउन आग्रह गर्‍यौँ । अहिले समितिका मान्छे नै वार्तामा नआएकाले टुंग्याउन सकिएको छैन । चाँडै समस्याको समाधान गछौँ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु