logo

bar

सडक निमार्णमा जुटे मुगुका महिला

मानदत्त रावल जुम्ला, १८ पुस | पुष १८, २०७४

मुगुका महिला सडक निमार्णको काममा सक्रिय भएर लागेका छन् । गमगढी ग्रिलाह धैनाधुला चौर सडक खण्डको काम अन्तिम हुन लाग्दासम्म मुगुका महिला सडक निर्माणको काममा सक्रिय सहभागिता जुटेका हुन् ।

खोन्ने जोत्ने काम पुरुषले मात्र गर्न सक्छन् भन्ने मान्यतालाई चिर्दै उनीहरु मुगुका महिला दैनिक आठ घण्टा सडक खन्ने काममा ब्यस्त छन् । उनीहरुले ढुङ्का फोड्न, घन हान्ने र बेल्चाले माटो फाल्ने, पर्खाल चिन्ने काम उत्तिकै सक्रिय भएको छायाँनाथ रारा नगरपालिका–३ की नानकला खड्काले बताइन् । उनले भनिन्, ‘सडक निमार्णको काममा जुटिरहेका छौं, काम वापत महिला पुरुष बराबर ज्याला पाउने भएपछि काम गाह्रो भएपनि बेग्लै उत्साह आएको छ ।’

स्थानीय मायादेवी खड्काका अनुसार, आफू गमगढी ग्रिलाह धैनाधुला चौर सडक निमार्ण कार्यमा चार वर्षदेखि सक्रिय रहेको बताइन । उनले यो चार वर्षमा चार लाख आम्दानी समेत गरेको सुनाइन । उनले भनिन्, ‘सडकको काम सुरु हुनुभन्दा अगाडि खान लाउनै समस्या थियो । बिरामी पर्दा औषधि गर्न पैसा हुदैनथ्यो । अहिले सहज भएको छ ।

ग्रामीण पहुँच कार्यक्रमले गमगढी ग्रिलाहा सडक खण्डको २० किलोमिटर सडक उपभोक्ता समितिमाफर्त काम गराउने निर्णय गरेसँगै मुगुका बेरोजगार युवा, महिला सबैले काम पाएका छन् । हरेक घरबाट चार, पाँच लाखसम्मको आम्दानी गरेका छन् ।

ग्रामीण पहुँच कार्यक्रमका जिल्ला संयोजक मोहन रुवाइलीका अनुसार, सडक निर्माणमा जनसहभागिता र आयआर्जनमा वृद्धि गर्ने परियोजनाको लक्ष्य छ । सडक निमार्णको काम अन्तिम चरणमा पुगेकोे र सडक निमार्ण कार्य २०१८ मार्च भित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु