logo

bar
logo
Advertisment
SKIP THIS

नयाँ वर्षमा लमजुङका होमस्टे ‘हाउसफुल’

शान्ता कमली लमजुङ, १८ पुस | पुष १८, २०७४

अंग्रेजी नयाँ वर्ष २०१८ मनाउन लमजुङका होमस्टेहरुमा स्वदेशी तथा विदेशी पर्यटकहरुको खचाखच भएको छ । अंग्रेजी नयाँ वर्षालाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टेतिर लागेका छन ।

खान बस्न सस्ताे, स्वच्छ  वाताबरण पनि स्वदेशी तथा विदेशी पर्यटककाे नयाँ वर्ष  तथा अन्य अवसरहरूमा छुट्टी  मनाउने गन्तब्य स्थल बनेकाे छ  होमस्टे । सार्कराष्ट्रकै नमुना गाउँ घलेगाउँ र नेपालकै नमुना गाउँ काउलेपानीमा यतिबेला अंग्रेजी नयाँ बर्ष मनाउन आएका पर्यटकले होमस्टेनै ‘हाउसफुल’ भएको छन् ।

‘नयाँ वर्ष मनाउनका लागि समुह समुह बनेर आउने क्रम जारी छ, काउलेपानी पर्यटन व्यवस्थापन समितिका अध्यक्ष देबबहादुर गुरुङले भने, ‘गाउँका सबै होमस्टे घरहरु पर्यटकले भरिएका छन् ।’ उनका अनुसार, होमस्टेमा नयाँ वर्ष मनाउनका लागी ६० जना आन्तरिक पर्यटक आएका छन ।

पर्यटकको आगमन बढेसँगै होमस्टे सञ्चालकहरुको ब्यस्तता पन बढ्न थालेको होमेस्टे सञ्चालक कवीन्द्र गुरुङले बताए । ‘कुनै घरपनि खाली छैन हामीलाई भ्याई नभ्याई भएको छ, उनले भने, ‘राती बास बस्न नपाउनेहरु बिहान मात्रै आएका छन्, भने नयाँ वर्षको दिनमा सय भन्दा बढी पर्यटक गाउँ भित्रिए ।’
त्यस्तै सार्क राष्ट्रकै नमूना ग्रामिण पर्यटकीय घले गाउँमा पनि दुई सय ५० भन्दाबढी पर्यटक आएको घले गाउँ पर्यटन विकास समितिका अध्यक्ष प्रेम घलेले बताए । उनले दुई दिनका लागि गाउँका सबै होमस्टे प्याक भएको बताए ।

 घलेगाउँ आन्तरिक र बाह्य पर्यटकले यतिबेला भरिभराउँ छ । पर्यटकहरुले घलेगाउँ, काउलेपानी लगायतका पर्यटकिय गाउँहरु भरिएका हुन् । होमस्टे, प्राकृतिक दृश्यावलोकनका लागि पर्यटकीय गाउँहरुमा पर्यटकको ओइरो लागेको हो ।

घलेगाउँ, काउलेपानी सहित सदरमुकाम बेसीशहर नजिकै रहेको खासुरको होमस्टेमा पनि पर्यटक भरिएका छन् । यसैगरी खुदीको सिउरुङ, ताघ्रिङको छापा, घेर्मुको रकगार्डेन र राइनसकोट होमस्टेमा पनि पर्यटकको ओइरो लागेको स्थानीयले बताए ।

गाउँमा पर्यटकको चाप बढेर भ्याई नभ्याई भएपनि गाउँलेहरु भने खुशी भएका छन् । पर्यटकीय गाउँहरुमा कृषिसँगै पर्यटननै मुख्य पेशा रहेको छ । पर्यटकहरुको स्वागत सत्कार गरेरनै स्थानियले मनग्ये आम्दानी गर्ने गरेका छन् । दैनिक पर्यटकको चहलपहल हुने यी गाउँहरुमा अंग्रेजी नयाँ वर्षको अवसरमा थप पर्यटकहरु आएका हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु