logo

bar

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेट

नयाँ पत्रिका काठमाडौं, १८ पुस | पुष १८, २०७४

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेट भएको छ। प्रधानमन्त्री देउवाले सर्वदलीय बैठकको आह्वान गरेलगत्तै अध्यक्ष प्रचण्ड उनलाई भेट्न बालुवाटार पुगेका थिए ।

भेटमा अध्यक्ष प्रचण्डले राष्ट्रिय सभा निर्वाचनको मिति तत्काल तोक्न र प्रदेश प्रमुखको नियुक्ति राजनीतिक सहमतिका आधारमा मात्र गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको प्रचण्डको नीजि सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्री देउवाले छिटै राष्ट्रिय सभाको निर्वाचन गर्न निर्वाचन आयोगसँग परामर्श गर्न लागेको जानकारी दिँदै आफू राजनीतिक सहमतिकै आधारमा अघि बढ्ने जानकारी गराएका थिए ।

 

तपाईको प्रतिक्रिया