logo

bar

विद्यार्थी र प्रहरीबीच झडप, दर्जनौं घाइते

नयाँ पत्रिका काठमाडौं, १८ पुस | पुष १८, २०७४

मूल्यबृद्धिको बिरोध गर्दै आन्दोलनमा उत्रिएका एमाले निकट अनेरास्ववियुका विद्यार्थी र प्रहरीबीच त्रिचन्द्र क्याम्पस अगाडि झडप भएको छ ।

सडक कब्जा गरी नाराबाजी गरिरहेका आन्दोलनकारी बिद्यार्थीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । झडपमा अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौला लगायत दर्जनौं बिद्यार्थी नेता कार्यकर्ता घाइते भएको अखिलका सचिव आरसी लामिछानेले जानकारी दिए ।

आक्रोशित बिद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव र इन्धनमा गरिएको मूल्यबृद्धि बिरुद्ध चर्का नारा लगाइरहेका छन् । सरकारले हिजोमात्र पेट्रोलियन पदार्थ र खाना पकाउने ग्यासमा मूल्यबृद्धि गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु