logo

bar

शाली नदीमा धार्मिक मेला [फोटो फिचर]

नयाँ पत्रिका काठमाडौं, १८ पुस | पुष १८, २०७४

फोटो :  अमुल थापा / नयाँ पत्रिका 

श्री स्वस्थानी व्रत एक महिने धार्मीक मेला सोमबारदेखि सुरु भएको छ । शङ्करापुर नगरपालिकामा अवस्थित शाली नदीमा ठूलै धार्मिक  मेला लागेको छ ।

प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमाका दिन माधव नारायणको मुर्ती शालीनदीमा ल्याएर मेला सुरु हुने परम्परा छ ।मनोकाक्षा पूरा हुने विश्वासका साथ एक महिना अवधिसम्म बसिने यो व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित छ ।

सत्ययुगमा भगवान् विष्णुको सल्लाह अनुसार, हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार व्रत बसेर तपस्या गरी मनोकाक्षा पूरा भएको कुरा स्वस्थानी ब्रत कथाको धार्मीक जनविश्वास छ ।

पुस  शुक्ल पूणिर्मादेखि व्रत बस्ने भएकाले अघिल्लो दिनमा हातगोडाका नङ काटी आफ्नो शरीर सफा राखी सङ्कल्पपूर्वक व्रत बस्ने प्रचलन छ । एक महिना पछि समापन हुने क्रममा अक्षता, बेलीपुष्प, सुपारी, फलफूल रोटी लगायतका नैबेत बनाई सबै १०८ का दरले चढाई शिवलिङ्गसहित ॐकारयुक्त अष्टदलमा स्वस्थानीको विशेष पूजा गरिन्छ ।

यति बेला शाली नदीमा उपत्यका र आसपासका जिल्लाबाट श्रद्धालु आएर व्रत बसेका छन् । यही सेरोफेरोमा नयाँ पत्रिकाका अमुल थापाले तस्बिरमा त्यहाँको दृश्य कैद गरेका छन् ।

      

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु