logo

bar

बहु उपयोगी नुन

नयाँ पत्रिका काठमाडौं, १८ पुस | पुष १८, २०७४

बहु उपयोगी नुन – नुन मानिसका लागि अत्यावश्यक पदार्थ हो । यसले खानालाई स्वादिष्ट बनाउने काम गर्छ । तर, अन्य प्रयोजनका लागि पनि नुन प्रयोग गर्न सकिन्छ, जुन कुरा सुन्दा तपाईंलाई आश्चर्य लाग्न सक्छ :

प्याज र लसुन खाएपछि हात गनाउने समस्या हुन्छ । तर, सजिलै यस्तो समस्याबाट छुटकारा पाउन सकिन्छ । त्यसका लागि हातमा नुन रगडेर पानीले सफा गर्नुपर्छ ।

वेलावेलामा जुत्ता गनाएको कारणले बेइज्जतको भारी बोक्नुपर्छ । यदि छोटो समयमै जुत्ता गनाउने समस्या भए मोजामा सानो पोका नुन राख्नुहोस् । यसो गरेको आधा घन्टाभित्रै गन्ध गायब हुन्छ ।

 

काटेको फललाई ताजा बनाउनका लागि पनि नुन उपयोगी बन्न सक्छ । काटेको फलमा अलिकति नुन छर्किएर राखेमा लामो समयसम्म ताजा रहन सहयोग पुग्छ ।

नुनलाई तामाको भाँडा चम्काउन वा भाँडामा लागेको खिया फाल्नका लागि प्रयोग गर्न सकिन्छ ।
मैनबत्तीलाई लामो समय टिकाउनका लागि नुनको प्रयोग गर्न सकिन्छ । यदि डिनरमा मैनबत्तीको प्रयोग गर्दै हुनुहुन्छ भने यो विधि अपनाउन सक्नुहुन्छ । त्यसका लागि बाल्नुपूर्व लामो समय मैनबत्तीलाई नुनमा राख्नुपर्छ ।

तपाईको प्रतिक्रिया