logo

bar

नयाँ वर्षमा तीन लाख शिशु जन्मिए

एजेन्सी | पुष १८, २०७४

सन् २०१८ को पहिलो दिन विश्वभरि तीन लाख ६ हजार शिशु जन्मिएका छन् । त्यसमध्ये आधा जनसंख्या विभिन्न नौ देशका रहेको युनिसेफले जनाएको छ । बालबालिकाको अधिकारका लागि कार्यरत संयुक्त राष्ट्रसंघको संगठन युनिसेफले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार अंग्रेजी नयाँ वर्षको पहिलो दिन तीन लाख ६ हजार शिशु जन्मिएका हुन् । जसमध्ये बंगलादेशमा मात्र आठ हजार तीन सय ७० शिशु जन्मिएको युनिसेफले जनाएको छ ।

 

१ जनवरीमा जन्मिएका कुल शिशुमध्ये बंगलादेशमा मात्र २.१७ प्रतिशत शिशु जन्मिएको युनिसेफको तथ्यांकमा उल्लेख छ । नयाँ वर्षको पहिलो दिन धेरै शिशु जन्मिने राष्ट्रमा भारत पहिलो स्थानमा रह्यो । भारतमा मात्र ६९ हजार ७० शिशु जन्मिए । चीनमा ४४ हजार सात सय ६० शिशु नयाँ वर्षमा जन्मिएको युनिसेफको तथ्यांकमा उल्लेख छ ।

जन्मेकामध्ये प्रायः सबै शिशु स्वस्थ हुने भए पनि कतिपय अवस्थामा मृत्यु हुने घटना देखिएको युनिसेफले जनाएको छ । सन् २०१८ को पहिलो दिन पहिलो शिशु किरिवाटीको क्रिसमस टापुमा र अन्तिम अमेरिकामा जन्मिए ।

 

तपाईको प्रतिक्रिया