logo

bar

क्लासिक एफएमले गर्‍यो दुई पत्रकारलाई सम्मान

नयाँ पत्रिका काठमाडौं, १८ पुस | पुष १८, २०७४

क्लासिक एफएमले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा पत्रकारद्वय गौरी केसी र धु्रव थापालाई ‘राकेश लामिछाने स्मृति रेडियो पत्रकारिता सम्मान–०७४’बाट सम्मानित गरेको छ।

जनही १५ हजार पाँच सय ५५ रुपैयाँ राशिको सो पुुरस्कार आइतबार ललितपुरमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुखअतिथि उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापाको हातबाट पत्रकारद्वयलाई प्रदान गरिएको हो ।

क्लासिक एफएमका संस्थापक प्रबन्ध निर्देशक राकेश लामिछानेको सम्झनामा स्थापित सोे सम्मान अबदेखि हरेक वर्ष रेडियो पत्रकारितामा योगदान पुर्‍याउने दुईजनालाई प्रदान गरिने क्लासिक एफएमकी अध्यक्ष मञ्जु कार्की लामिछानेले जानकारी दिइन् ।

सम्मानप्राप्त पत्रकार केसी र थापाले क्लासिक एफएमले सुरुवात गरेको यो सम्मानले आफूहरूलाई थप प्रेरित गरेको बताए । कार्यक्रममा स्रष्टाको श्रमको कदर गर्ने परम्परास्वरूप क्लासिक एफएमका तर्फबाट संगीत रोयल्टी संकलन समाजलाई १५ हजार रुपैयाँ रोयल्टी रकम हस्तान्तरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया