logo

bar
logo
Advertisment
SKIP THIS

आर्सनल बराबरीमा रोकियो

एजेन्सी लन्डन | पुष १८, २०७४

वेस्टब्रुम युनाइटेडले खेल सकिन एक मिनेट बाँकी रहँदा पेनाल्टी गोल गरेपछि अन्तिम समयमा आर्सनल महत्वपूर्ण ३ अंक जोड्नबाट चुकेको छ । वेस्टब्रुमविरुद्ध १–१ गोलमा रोकिएपछि शीर्ष चारमा आफूलाई उभ्याउन आर्सनलले थप संघर्ष गुर्नुपर्नेछ । लिभरपुलसँगको अंकदुरी कम गर्ने ध्याउन्नमा रहेको आर्सनल बराबरीपछि ३८ अंकका साथ एक खेल कम खेलेको टोटनह्यामलाई पछि पार्दै पाँचौँ स्थानमा उक्लिएको छ । पाहुना टोली आर्सनलले ८३औँ मिनेटमा अग्रता लिएको थियो । एलेक्स सान्चेजको प्रहार जेम्स मिक्लिनलाई लाग्दै गोलमा परिणत हुँदा आर्सनलले आत्मघाती उपहारका रूपमा अग्रता लियो ।

तर, आर्सनलको अग्रता धेरै समय टिक्न सकेन । ८९औँ मिनेटमा ब्रुमका जे रोड्रिग्वेजले पेनल्टीमार्पmत बराबरी गोल फर्काए । आर्सनलले वेस्ट ब्रुमविरुद्ध खेलेका २४ खेल सबैमा शतप्रतिशत नतिजा निकालेको थियो । आइतबारको बराबरीले आर्सनलमाथि दबाब बढेको छ । रेलिगेसन जोन टार्न संघर्षरत वेस्ट ब्रुमले प्रतियोतिगामा १०औँ बराबरी खेल्यो । प्रतियोतिगामा दुई मात्र जित निकालेको वेस्ट ब्रुम पुछारको स्वान्सी सिटीसँग समान १६ अंकका साथ १९औँ स्थानमा छ ।

वेंगरको कीर्तिमान
वेंगरले आइतबार आठ सय ११औँ खेल पूरा गर्दै प्रिमियर लिगको सर्वाधिक प्रशिक्षण गर्ने प्रशिक्षकका रूपमा आफूलाई उभ्याए । यसअघि, यो कीर्तिमान म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक सर एलेक्स फर्गुसनको नाममा थियो । फर्गुसनले आठ सय १० खेलमा प्रशिक्षकको भूमिका निभाएका थिए ।

दबाब बढ्दै
वेंगरलाई प्रतियोगितामा निरन्तर अस्थिर प्रदर्शनले दबाब बढ्दै गएको छ । लामो समयदेखि अप्रत्यक्ष रूपमा राजीनामा गर्न दबाब बढे पनि वेंगरले टार्दै आएका छन् । तर, रेलिगेसन जोनमा रहेको क्लबसँग नतिजा ननिस्कँदा उनीमाथि स्वाभाविक रूपमा थप दबाब बढेको छ । उनले आइतबार टिमले जित निकाले पनि रेफ्रीको गलत निर्णयले रोकेको भने पनि आर्सनलको संकट अब थप बढ्ने निश्चित छ । यस्तोमा आर्सनलको व्यवस्थापनमाथि समर्थकले निरन्तर वेंगरलाई हटाउन दबाब दिइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु