logo

bar

कठयाङग्रिंएका मुसहरलाई कम्बल बाँड्दै धुर्मुस-सुन्तली

जनार्जन खत्री सर्लाही, १७ पुस | पुष १७, २०७४

धुर्मुस–सुन्तली फाउण्डेसनले आज सर्लाहीको विभिन्न स्थानमा चिसोबाट प्रभावित परिवारलाई कम्बल वितरण गरेको छ । एनआरएनए आरसी चाइनाको सहयोगमा फाउण्डेसनले लालबन्दी नगरपालिका र बागमती नगरपालिकाको विभिन्न वडामा चिसोबाट कठयाङग्रिंएका मुसहर, विपन्न र दलित परिवारलाई प्रति परिवार दुई थानका दरले कम्बल वितरण गरेको हो ।

यस्तै फाउण्डेसनले सर्लाहीको घुर्कौलीमा रहेको द्धन्द्ध पीडित बाल गृह र हरिवनमा रहेको सर्भिस फरपिस नेपाल सुखेपोखरीद्धारा सञ्चालित बाल गृहमा पनि कम्बल वितरण गरेको छ । कलाकार एवं सामाजिक अभियन्ता द्धोय सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली आफै उपस्थित भई कम्बल वितरण गरेका हुन् ।

लालबन्दी नगरपालिका–५ रञ्जितपुरमा मुसहरहरुलाई कम्बल वितरण गर्दै समाजिक अभियन्ता धुर्मुसले समस्यामा परेका विपन्न परिवारलाई यसरी सहयोग गर्न पाउँदा आनन्द मिल्ने गरेको बताए । फाउण्डेसनले सर्लाहीमा चिसोबाट प्रभावित भैरहेका करिव साँढे चार सय परिवारलाई कम्बल वितरण गर्ने योजना बनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु