logo

bar

 सासुलाई दागबत्ती दिएर किरिया बसिन् सोविता

शान्ता कमली लमजुङ १७ पुस | पुष १७, २०७४

नेपाली समाजमा सासु – बुहारीकाे सम्बन्ध अलि अप्ठ्याराे र जस नमिल्ने भनेर चित्रित गरिन्छ । तर, लमजुङकाे दोर्दी गाउँपालिका २ अर्चलबाेट कुँवर गाउँ निवासी सोविता कुवँरले आफ्नी  सासुआमालाई शुक्रबार दागबत्ती दिएर अहिले किरिया बसेकी छन् ।

मृतक वुद्धिमायाको एक मात्र छोरा रहेको र उनकाे यसअघि नै मृत्यु भइसकेकोले बुहारी सोविताले दागबत्ती दिइ किरिया गरेकी हुन् । अझै पनि हाम्रो समाजमा महिलाले मृत शरीरलाई नछुने परम्परा कायम रहँदै आएको छ, ‘सोविताले भनिन् ‘यो परम्परालाई तोड्न र आँट गरेँ, महिलाहरु सबै खाले काम र जिम्मेवारीका लागि सक्षम छन् ।’

अर्चलबोट निवासी बुद्धिमाया कुँवरको ७० वर्षको उमेरमा पुस १४ गते निधन भएको थियो । याे घटनाबाट महिलाहरूले शवलाई नछुने, मलामी तथा चितासम्म जानुहुन्न भन्ने परम्परा रहे पनि अब त्यो अन्त्य भएको नागरिक अगुवा रामप्रसाद पौडेलले बताए ।

कुरीतिविरुद्धको राष्ट्रिय सञ्जालका अनुसार, नेपालमा विधवा प्रथा, बालविवाह, बहुविवाह, किरियापुत्री, कन्यादान, दाइजो, तिलक, छुइप्रथा, घुम्टो, झुमा, तलाक, बेलविवाह, कुमारी, बोक्सी लगायतका ३५ वटा कुसंस्कार छन् । यिनले महिलामाथि हिंसा बढाएको छ । यी कुसंस्कारले महिला हिंसामात्रै होइन, महिला र पुरुष बीचमा भेदभावसमेत सिर्जना गरेका छन् ।

यो बुझेका जिल्लाका केही महिला अहिले कुसंस्कार फेर्न जुटेका छन् । उनीहरूले भाषण होइन, आफूबाटै व्यवहार परिवर्तन गरेका छन् । छोरा नभए सट्टामा खोजेर भए पनि किरियापुत्री बसाल्ने चलनलाई समेत यहांँका महिलाले फेर्न थालेका छन् । यस मध्येकी हुन् अर्चलबोटकी सबिता कुबंर । उनले आफ्नी सासुआमाको एक्लै अन्त्येष्टि गरिन्

महिला तथा बालबालिका कार्यालयका अनुसार, पछिल्लो समय लमजुङमा विधवाले महिलालाई घरबाटै रातो लुगा लगाइदिने, पत्नीको सम्बन्धविच्छेद नगराइदिने, महिनावारी हुँदा छुईँ बार्ने चलनमा परिवर्तन भएको छ ।

यस्ता कार्य कतै संघ–संस्था र महिला विकास कार्यालयबाट भएका छन् । कुसंस्कार तोड्ने कामले महिला हिंसा घटाउन र लैंगिक समानता कायम राख्न निकै सहयोग पुगेको महिला तथा बालबालिका कार्यालयका महिला विकास अधिकृत विष्णुमायाँ पौडेलको अनुभव छ । उनीले भनिन्, ‘समुदायमा कतिपय कुसंस्कार धार्मिक र सामाजिक कानुनसरह नै रहेका छन् । यिनलाई हटाउन निरन्तर अभियान चाहिन्छ । धर्म, परम्परा, जाति र समुदाय अनुसार कुसंस्कार छुट्टाछुट्टै प्रकृतिका छन् ।’

लैंगिक हिंसा र गतल संस्कार हटाउन सबै तहमा सचेतना आवश्यक रहेको बेशिसहर नगरपालिकाका उपमेयर लक्ष्मी अधिकारी बताउँछिन् । सबै तह, वर्ग र समुदायमा सचेतना जगाउन आफूहरु लागिपरेको उपमेयर अधिकारीले बताइन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु