logo

bar

वडाध्यक्ष विकद्वारा पारिश्रमिक कटाएर वृद्धवृद्धालाई सिरक सहयोग

गगन अयडी बाजुरा, १७ पुस | पुष १७, २०७४

बडिमालिका नगरपालिका ९ का वडा अध्यक्ष विनोद कुमार विकले आफ्नो पारिश्रमिकबाट तीन जना वृद्ध वृद्धालाई सिरक सहयोग दिएका छन् । आफ्नो वडाभित्र बस्ने चिसो छल्न १०५ वर्षीय वृद्धा धौली चदारा, प्यारालाइसिसका बिरामी काशी ल्वार र सडक दुर्घटनामा घाइत भएका लालबहादुर विकलाई सिरक सहयोग गरेका हुन् ।

सहयोग स्वरुप प्रदान गरिएको सिरक प्रतिनिधिसभाका सांसद लालबहादुर थापाले सम्बन्धित व्यक्तिलाई हस्तान्त्रण गरेका हुन् । जनतासँगको भेटघाटका क्रममा बडिमालिका ९ गैरी टोलको बस्तीमा पुगेका एमाले केन्द्रीय सदस्य समेत रहेका सांसद थापाले औपचारिक कार्यक्रमबीच हस्तान्त्रण गरेका थिए ।

वृद्धवृद्धा र फरक क्षमता भएका व्यक्तिहरुलाई सम्मान गर्ने पार्टीको नीति अनुरुप नै सहयोग गरिएको अध्यक्ष विकले बताए । ग्रामिण दलित कृषि सहकारी संस्था नामक संस्थाले नवनिर्वाचित माननीयलाई बधाईका लागि औपचारिक कार्यक्रमको आयोजना गरेको थियो ।

सहकारीका अध्यक्ष जयबहादुर ल्वारको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि सांसद लालबहादुर थापाले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै थापाले बाजुराको समग्र विकासमा लाग्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु