logo

bar
logo
Advertisment
SKIP THIS

बेलायती राजदूत आउने भएपछि कालिकोटमा सडक निर्माण तिव्र

मानदत्त रावल जुम्ला १७ पुस | पुष १७, २०७४

कालिकोट जिल्ला स्युना, सिप्खाना जिल्ला सडक आयोजनाको काम द्रुत गतिमा सञ्चालन भइरहेको छ । बेलायती राजदूत रिचार्ड माेरिस आउने भएपछि कर्णाली करिडोरको सान्नीगाढलाई जिरो प्वाइन्ट बनाएर साबिकको सिप्खाना गाविसको सेराचौरसम्म जम्मा १८ किलोमिटर सडक निर्माण गरेको ग्रामीण पहुँच कार्यक्रमले सडक निर्माण  कार्यलार्इ तिव्र बनाएको छ ।

सडक निर्माण कार्य अन्तिम चरणमा पुगेका बेला बेलायती राजदूतको भ्रमण हुने पूर्वसूचना आएपछि सडकलाई पूर्णता दिनका लागि रास्कोट नगरपालिका र ग्रामिण पहुँच कार्यक्रमले चासो दिएको छ ।

बेलायती जनताको सहयोगमा ग्रामीण पहुँच कार्यक्रम तेस्रो चरणले निर्माण गरेको सान्नी सेराचौर सडकलाई आधिकारिक रुपमा रास्कोट नगरपालिकालाई हस्तान्तरण गर्नका लागि बेलायती राजदूत रिचार्ड मोरिस रास्कोट आउने भएका हुन् ।

उनले आफ्नो देशका जनताको सहयोगमा निर्माण भएको सडकको स्थलगत अनुगमन गर्ने र आधिकारिक रूपमा रास्कोट नगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम छ । उनी जनवरी २९ तारिखका दिन काठमाडौं आउने योजना छ ।

डीएफआईडीको ३२ करोड १ लाख ६ हजार २ सय ९५ लागतमा स्युना सिप्खानाको १ किलोमिटर सडक निर्माण हुँदै छ । थोरै मात्र बाँकी रहेको सडकलाई माघको पहिलो सातासम्म पूरा गर्ने लक्ष्यका राखेको स्थानीय बताउँछन् । निमार्ण कार्य पूरा भएपनि माघ २० सम्ममा राजदूतको हातबाट सडकको औपचारिक उद्घाटन गर्ने वडाध्यक्ष दयाराम सिम्खाडाले बताए ।

ग्रामीण पहुँच कार्यक्रमले रास्कोटमा १८ किलोमिटर र पचाल झरना गाउँपालिकाअन्तर्गत साबिकको राम्नाकोट जारकोटमा ५ किलोमिटर सडक निर्माण कार्य जारी छ । यो कार्य सम्पन्न गर्न अझै १५ महिना लाग्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु