logo

bar

उत्तर कोरियाली उत्पादनको चर्चा

नयाँ पत्रिका काठमाडाैं, १७ पुस | पुष १७, २०७४

उत्तर कोरियाली स्थानीय मिडियामा स्वदेशका वैज्ञानिक उपलब्धिको चर्चा अत्यन्त धेरै हुने गर्छ । उनीहरूका आविष्कार निकै आकर्षक लाग्ने गर्छन् । यद्यपि यसमा कति वास्तविकता छ, यो पत्ता लगाउन भने निकै मुस्किल छ ।

संसारभरका मिडियामा उत्तर कोरियाको चर्चा त्यतिखेर मात्र हुन्छ, जब उसले कुनै हतियारको परीक्षण गर्छ या छिमेकी देश दक्षिण कोरियासित तनाव बढ्छ । तर, उत्तर कोरियाली मिडियालाई पछ्याउने हो भने यहाँको स्थिति केही अलग्गै देखिन्छ । उत्तर कोरियाली स्थानीय मिडियामा स्वदेशका वैज्ञानिक उपलब्धिको चर्चा अत्यन्त धेरै हुने गर्छ । उनीहरूका आविष्कार निकै आकर्षक लाग्ने गर्छन् । यद्यपि यसमा कति वास्तविकता छ, यो पत्ता लगाउन भने निकै मुस्किल छ ।

आउनुहोस्, यहाँ उत्तर कोरियाली ती शान्तिपूर्ण खोजमाथि एक दृष्टि दिऊँ, जसका सम्बन्धमा संसारलाई निकै कम थाहा छ ।

‘ह्याङओभर फ्री रक्सी’
द प्योङयाङ टाइम्समा पछिल्लो वर्ष प्रकाशित रिपोर्टका अनुसार उत्तर कोरियाली वैज्ञानिकले यस्तो रक्सी तयार गरेका छन्, जसको प्रयोगमा कथित रूपमा ह्याङओभर हुँदैन । यस रक्सीमा ३० देखि ४० प्रतिशत अल्कोहल हुन्छ । र, यो रक्सी स्थानीय रूपमा प्राप्त हुने औषधीय बिरुवा जिनसेङ र चामलबाट बन्छ । स्थानीय मिडियाको दाबी छ कि जिनसेङमा औषधीय गुण हुन्छ र यसले ह्यांगओभरबाट मुक्ति दिलाउँछ ।

धूम्रपान नियन्त्रक औषधि
धूम्रपान रोक्नका लागि उत्तर कोरियाली वैज्ञानिकहरूले २०११ मा दाबी गरेका थिए कि उनीहरूले विशेष किसिमको धूम्रपान नियन्त्रक ट्याब्लेट बनाएका छन् । स्थानीय मिडियाको दाबी छ कि यो निकै प्रभावकारी छ । र, यसले केवल धूम्रपानको चाहनालाई मात्र मार्ने होइन, यसले शरीरमा व्याप्त विषालु तत्वको सफाइ पनि गर्छ ।

यस ट्याब्लेटमा जिनसेङका अतिरिक्त विभिन्न औषधीय वस्तुको सम्मिश्रण छ । र, यसमा क्यान्सरप्रतिरोधी गुण पनि छ ।

किड्नीको चमत्कारी औषधि
उत्तर कोरियाको एउटा समाचार एजेन्सीले किड्नीको समस्याका लागि एउटा प्रभावकारी औषधिको खोजमा सफलता प्राप्त भएको दाबी गरेको थियो । यस औषधिमा प्रोटोपोरफिरिन बायोकेमिकल छ । जसलाई जनावरहरूको रगतबाट बनाइन्छ । वैज्ञानिकहरूको दाबी छ, यसबाट हेपाटाइटिस, सिरोसिस र अन्य रोगको उपचार पनि गर्न सकिन्छ ।

बुद्धिबद्र्धक पेय
उत्तर कोरियाली मिडियाको दाबी छ कि स्याउ, नासपाती र स्ट्रबेरीको स्वादजस्तो उत्तर कोरियाली पेय पदार्थ फिजी मस्तिष्कका कोशिका बढाउनमा उपयोगी साबित भएको छ । स्थानीय मिडियाका अनुसार यो क्रान्तिकारी पेय पदार्थ दिमाग तीक्ष्ण गराउन र स्मरण शक्ति बढाउन उपयोग गर्न सकिन्छ । समाचारमा यो पनि भनिएको छ कि यो पेय हृदयाघातको उपचारमा पनि सहयोगी हुन सक्छ ।

राडारलाई धोका दिने पेन्ट
यद्यपि यो खोज स्वास्थ्यसित सम्बन्धित छैन । उत्तर कोरियाको यो ‘खोज’ यस्तो पेन्टका सम्बन्धमा छ, जुन सैनिक वाहनलाई दुस्मनको राडारबाट जोगाउन सहयोगी साबित हुन्छ । प्रस्ट छ कि यो ‘टप सिक्रेट’ को विषय हो । तर, दक्षिण कोरियाको मिडियासम्म यस प्रविधिको विवरण पुस्तिका पुगिसकेको छ । यसमा यो दाबी गरिएको छ कि यो पेन्ट केवल वाहन र गोलाबारुदलाई जोगाउन सक्षम छैन, जब कि यसले पूराका पूरा भवनहरूलाई पनि ओझेलमा पार्न सक्छ । यसका अतिरिक्त कथित रूपमा सैनिक वाहनको हलचलको नक्कल उतारेर दुस्मनको ध्यान भड्काउने कार्यमा पनि यसको उपयोग हुन सक्छ ।

इन्टरनेट फ्री ट्याब्लेट
उत्तर कोरियामा एउटा ट्याब्लेट बनाइएको छ । जसले एन्ड्रोइड ४ ओएस सिस्टमअनुसार काम गर्छ । र, यो केवल उत्तर कोरियाको इन्टरनेटसित मात्र कनेक्ट हुन सक्छ । यसमा उत्तर कोरियाली सरकारी समाचार एजेन्सी, मुख्य अखबार र सरकारी टेलिभिजनका एप समाविष्ट छन् । यसमा एक टिभी ट्युनर पनि छ । जसले केवल सरकारी टिभी च्यानल देखाउँछ । उत्तर कोरियाली नागरिकलाई इन्टरनेट प्रयोग गर्न पनि प्रतिबन्धित छ । उनीहरूले केवल युट्युब र जिमेल खोल्न सक्छन् । तर, यसको उपयोग एंग्री बर्डस् खेल्नका लागि मात्र उपयोग गर्न सकिन्छ ।

(बिबिसी हिन्दीको समाचार टिप्पणी)
बिबिसी डट कम-हिन्दीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु