logo

bar

नेपाली मुभी एउटा पनि छुटाउँदिनँ : निकिता

नयाँ पत्रिका काठमाडाैँ | पुष १६, २०७४

निकिता पौडेलभर्खरै मात्र चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएकी छन् । विकेन्डमा उनीसँग गरिएकाे कुराकानी…

म भर्खरै मात्र चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएकी हुँ । तसर्थ, विकेन्डमा पनि केही फेरबदल आएको छ । म फिल्म मेकर तथा मिडिया पर्सनालिटी हुँदाभन्दा अहिले फुर्सदिली भएकी छु । अब त शनिबारसँगै सार्वजनिक बिदाका दिन पनि मेरो बिदा हुनेछ । म गोपीकृष्ण इन्टरटेरमेन्टको एमडी थिएँ । अहिले विकास बोर्डको अध्यक्ष भएपछि त्यो पद भाइ (निरक)ले सम्हाल्दै छ । 

कामवश विदेश जाँदा घुमिन्छ
मैले थाइल्यान्डमा पढेकी हुँ । त्यहाँ रहँदा नघुम्ने कुरै भएन । त्योबाहेक पनि म करिब ८–१० देश घुमेकी छु । कुनै–कुनै देश जाँदा श्रीमान्सहित गएकी छु भने दुईवटा देशमा छोरी लिएर । म इन्टरनेसनल प्रोडक्टको मिडिया प्लानिङ गर्छु । यो सिलसिलामा भारत, सिंगापुर, मलेसिया, कतार, इन्डोनेसिया आदि देश घुमेकी छु ।

सपिङ गर्न मन पराउँछु
म स्वदेश तथा विदेश गएका वेला पनि सपिङ गर्न मन पराउँछु । फेसनसँग रिलेटेड सामान किन्न मनपर्छ । म ब्याग, सुज र पर्फ्युम किन्न बढी मनपराउँछु ।

छोरी लिएर रिसोर्ट जान्छु
म फेमिलीसँगै होलिडे मनाउँछु । विशेषगरी, श्रीमान् र छोरीसँग । मेरी छोरी १० वर्षकी भइन् । धेरै टाढा नगए पनि पार्क भिलेज, गोकर्ण, हायातलगायत रिसोर्टहरूमा गइन्छ । कहिलेकाहीँ भाइ–बुहारीको परिवारसँग पनि गइन्छ । ती ठाउँहरूमा जाँदा आफैँ ड्राइभ गर्छु ।

मुभी सक्सेस् पार्टीमा जान्छु
म केहीअघिसम्म पार्टीहरूमा जान्थेँ । आजकल त त्यस्ता पब्लिक प्लेसमा गइन्न । जान मनपर्दैन । मुभीका प्रिमियर सो तथा सक्सेस् पार्टीहरूमा जान्छु ।

नेपाली मुभी एउटा पनि छुटाउँदिनँ
म हलिउडका मुभी हेर्छु, एकदमै कम । बलिउडका मुभीचाहिँ राम्रा भनिएका मात्र हेर्छु । तर, नेपाली मुभी भने राम्रा–नराम्रा सबै हेर्छु । करिब ९९ प्रतिशत नै हेरेकी छु । नाटक भने रिभ्यु पढ्दा राम्रो भन्ने लागेमा हेर्न जान्छु ।

आर्ट अफ लिभिङ मेरो रोजाइ
म योगा गर्छु । त्यसमा पनि आर्ट अफ लिभिङ मेरो रोजाइमा पर्छ । त्यसको थ्री–लभसम्मको कोर्स गरेकी छु । १५ दिन या एक महिनाको ट्रेनिङ आएको वेला गरिरहन्छु । योगा नगरेका वेला जिम जान्छु । हायात क्लबको हामी परिवारै मेम्बर बनेका छौँ । जिम गर्न त्यहीँ गइन्छ ।

सबै खानेकुरा बनाउँछु
मलाई कुकिङमा एकदमै इन्ट्रेस छ । फुर्सद नभएकाले घरमा हरेक दिन त खाना बनाउँदिन । तर, परेको बेला बनाउँछु । म सबै चिज बनाउन जान्दछु ।

पारिवारिक सम्बन्ध सुधार्दै पारस शाह

करिश्माका फ्यान : छातीमा अटोग्राफ माग्नेदेखि खुकुरी चम्काउनेसम्म…

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु