logo

bar

पराजयबारे देउवाकाे टिप्पणी – ‘मै बुढो त निराश भएको छैन’

रमेश सापकोटा काठमाडौं, १६ पुस | पुष १६, २०७४

पार्टीको पराजयबारे कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलोपल्ट खुलस्त कुरा राखेका छन् । २०७० सालमा पहिलो भएको पार्टी यसपटक नराम्ररी पराजित भएपछि आलोचना खेपिरहेका देउवाले हारको कारण खुलाउँदै नआत्तिन नेता कार्यकर्तालाई ढाडस दिएका छन् ।

बिपी कोइराला २०३३ साल १६ पुसमा राष्ट्रिय मेलमिलापको लागि भारतको निर्वाचसनबाट फर्केको दिनको अवसरमा नेविसंघले गरेको ‘आजको सन्दर्भ र राष्ट्रिय मेलमिलाप’ विचार गोष्ठीमा देउवाले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि हारबारे प्रष्ट्याएका हुन् ।

‘कांग्रेसले आफैं मेलमिलाप गर्न सकेको छैन । के को राष्ट्रिय मेलमिलाप गर्ला भन्ने कुरा उठे । अर्कोतिर पार्टी हारेको छ । यसमा म पनि जिम्मेवार हुँला’ देउवाले भने, ‘स्थानीय तहको निर्वाचनमा अन्तर्घातीलाई कारवाही नहुँदा यसपटकको निर्वाचनमा पार्टी झन् हार्न पुग्यो । हारबारे छानविन गर्न हाइ लेबल इनक्वायरी गठन गर्छु । यसले हारको कारण खोज्छ ।’

एमाले र माओवादी मिल्दाको प्रतिकूल अवस्थामा पार्टी दोस्रो हुनुपरेको उल्लेल गर्दै देउवाले अनुशासनसहितको मेलमिलापको आवश्यकता भएको बताए । ‘एमाले र माओवादी मिले । अर्कोतिर हामीमा मेलमिलाप नहुँदा र अनुशासनहीन हुँदा हामी हारेका छौं’ देउवाले भने, ‘म बुढो त निराश भएको छैन । तपाईं युवाहरु किन निराश हुनुहुन्छ ? तपाईंहरु ढुक्क हुनुस् अन्तर्घातीलाई कडा कारवाही गर्छु ।’

आफूलाई गाली गर्नेप्रति पनि देउवा खनिए । ‘विरोध गर्नेले बुझुन् । आफैं हार्ने अनि मलाई गाली गर्ने ?’ देउवाले भने, ‘तँ तँ म म गरेर केही हुँदैन । अनुशासनसहितको मेलमिलाप आवश्यक छ ।’

सभापति देउवाले राजीनामा दिनुपर्छ : सिंह

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच भेटवार्ता

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु