logo

bar

त्रिविको ४३ औं दीक्षान्त सम्पन्न

भवानीश्वर गौतम काठमाडौं, १६ पुस | पुष १६, २०७४

त्रिभुवन विश्वविद्यालयको ४३ औं दीक्षान्त समारोह सम्पन्न भएको छ । त्रिभुवन विद्यालयलयमा एकै वर्षमा ६८ हजार दुई सय ९२ जना दीक्षित हुन योग्य भएपनि आइतबार सम्पन्न दीक्षान्त समारोहमा आठ हजार २ सय ६७ दिक्षान्तहमा सहभागि भएका छन् ।

त्रिविका ६० वटा आंगिक र एक हजार ८५ वटा सम्बन्धन प्राप्त क्याम्पसबाट २ असार ०७३ देखि १७ जेठ ०७४ सम्म स्नातक, स्नातकोत्तर, एमफिल र विद्याबारिधिका तह उत्तीर्ण गरेका विद्यार्थीहरु दीक्षित भएका हुन् ।

त्रिभुवन विश्वविद्यालयको ४३ दिक्षान्त समारोहको प्रमुख अतिथिकारुपमा भारतको प्रख्यात विश्वविद्यालय जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु)का उपकुलपति प्रा.डा. एम. जगदेश कुमार आएका थिए ।

दीक्षान्त समारोहमा प्रधानमन्त्री तथा त्रिविका कुलपति शेरबहादुर देउवाले विश्वविद्यालयबाट उपाधि प्राप्त गरेका विद्यार्थीहरु विश्वसमाजमा प्रतिस्पर्धि र अब्बल प्रमाणीत गर्न त्रिविको चुनौती रहेको बताए । कुलपति देउवाले देशको समग्र विकासका लागि आवस्यक पर्ने सक्षम जनसक्ति तयार पार्न, कला, संस्कृति र पराम्पराको संरक्षण गर्न एवं ज्ञान, बिज्ञान तथा प्रििधका क्षेत्रमा सामयिक अध्ययन अनुसन्धान गर्न विश्वविद्यालयको भुमिकाको प्रंसशा गरे ।

प्रमुख अतिथि तथा भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्रा.डा. एम. जगदेश कुमारले नेपाल भारतको सम्बन्ध ऐतिहासिक रहेको बताए । समारोहमा उनले भने, ‘भगवान वुद्ध नेपालमा जन्मीए र भारतको बोधगयामा वद्धत्व प्राप्त गरे, यसबाट पनि ऐतिहासिक सम्बन्ध जोडिएको छ ।’ प्रमुख अतिथि कुमारले नेपाल भारत जस्ता देशहरुबाट उच्च शिक्षा र रोजगारीका लागि विकसित देशमा विद्यार्थी जानेक्रम बढ्दो रहेको र यस्ता समस्यालाई सम्बोधन गर्नुपर्ने चुनौती रहेको बताए ।

त्रिविका उपकुलपति प्रा.डा. तिर्थराज खनियाँले दीक्षित हुने विद्यार्थीको संख्याले त्रिविमा धेरै आकर्षर्ण रहेको पुस्टि भएको बताए । उनले विदेशमा अध्ययन गर्न गई अधययन पुरा नगरी बीचमै छाडेर स्वदेश फर्कने र नेपालमा अध्ययन पुरा नगरी विदेश जाने विद्यार्थीको हितका लागि क्रेडिट ट्रान्सफर ब्यवस्था गर्ने बताए ।

शिक्षा सुधारका लागि शिक्षकलाई ३ महिने अल्टिमेटम !

शिक्षिका नै खुला शौच गर्न बाध्य

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु