logo

bar

कैदी बन्दीलाई पुस्तक उपहार

शान्ता कमली लमजुङ १६ पुस | पुष १६, २०७४

लमजुङको जिल्ला कारागार पुस्तकालयमा एकसय भन्दा बढी पुस्तक सहयोग प्राप्त भएको छ । एसिया फाउण्डेशन नेपालको सहयोगमा रोट्रयाक्ट क्लव अफ लमजुङले १३२ पुस्तक सहयोग गरेको हो । कारागार भित्र रहेका कैदी बन्दीहरुलाई फुर्सदको समयमा अध्ययन गर्न मिलोस भन्दै कारागारको पुस्तकालयमा पुस्तक सहयोग गरेको रोट्रयाक्ट क्लवका अध्यक्ष झमप्रसाद गुरुङले बताए ।

बेसीशहर नगरपालिका प्रमूख गुमानसिँह अर्यालको प्रमूख अतिथ्यतामा औपचारिक कार्यक्रम गरी कारागारका कैदीबन्दीलाई पुस्तक सहयोग गरिएको थियो । पछिल्लो समय कारागारलाई सुधारगृहको रुपमा लिइएको भन्दै आचरण सुधारका लागि पुस्तक अध्ययन महत्वपुर्ण रहेको अर्यालले बताए ।

पुस्तकालयका लागि बजेट नहुने हुँदा पुस्तक खरिद गर्न नपाएको अवस्थामा एकसय भन्दा बढि पुस्तक प्राप्त गरेपछि कारागार भित्रका कैदीबन्दी खुशी भएका छन् । कारागारभित्र समय विताउन समस्या भईरहेका बेला ज्ञान आर्जन गर्ने पुस्तक पाएकोमा खुशी लागेको बन्दी राजन पोख्रेलले बताए ।

कार्यक्रममा सहायक प्रमूख जिल्ला अधिकारी एवं कारागार प्रमूख काजीमान सुनार, रोटरी क्लव अफ लमजुङका अध्यक्ष दिपक पौडेल, नेपाल पत्रकार महासँघ केन्द्रिय सदस्य नवीनराज कुईकेल लगायतले पुस्तक अध्यनबाट सोच र जीवन परिवर्तन गर्न सकेमात्र कारागारलाई सुधारगृहको रुपमा परिवर्तन गर्न सकिने बताए ।

सरकारी तथा गैरसरकारी सस्थासँग समन्वय गरी सामाजिक कार्य गर्दै आएको रोट्रयाक्ट क्लव अफ लमजुङले एसिया फाउण्डेशनकै सहयोगमा लमजुङका दुई विद्यालयमा पनि पुस्तक सहयोग गर्ने जनाएको छ ।

पुस्तक पाएसँगै कैदीबन्दी खुशी

कारागारमा पुस्तक पाएसँगै कैदीबन्दी निकै खुसी भएका छन् । जिल्ला कारागारका कैदीबन्दी राममणी रेग्मीले भने‘ दिन कटाउन साह्रै गाह्रो हुन्थ्यो अब पुस्तक पढेर दिन कटाउनेछौ । उनले भने कारागारमा पत्रपत्रिका र पुस्तकको अभाव थियो पुस्तक पाएसँगै दिन कटाउन सहज हुने उनको विश्वास छ । उनी भन्छन् अब दिनभर मुढा बुन्छु र फुर्सदको समयमा पुस्तक पढ्नेछु ।

क्षमताभन्दा दोब्बर कैदी

लमजुङ कारागारको हालको क्षमता ३५ भएपनि क्षमताभन्दा दोब्बर कैदीबन्दी बस्दै आएका छन् । कारागारमा अहिले महिला ७ जना र पुरुष ६९ गरी ७६ जना कैदीबन्दी छन् । जसमध्ये सबैभन्दा बढी कर्तव्य ज्यान मुद्दाका पुरुष २१ र महिला ४ गरी २५ जना रहेको कारागारका जेलर काजीमान सुनारले जानकारी दिए । उनका अनुसार सबैभन्दा कम चोरीको मुद्धामा १ जना मात्र पुरुष छन् ।

जीर्ण बन्दै गएको लमजुङ कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न निकै समस्या परेको छ । ‘सुत्नेबस्ने समस्या भयो भन्दै कैदीहरुले गुनासो गर्छन्’ कारागारका जेलर सुनारले भने, ‘सरोकारवाला निकायले देखेर पनि नदेखेझैँ गर्छन् ।’ कारागारभित्र ठाउँ नहुँदा भित्रै पाल टाँगेर र हिँड्ने गल्लीमा समेत सुत्नुपरेको कैदीबन्दीको दुखेसो छ ।

लमजुङमा गुरुङ समुदायले धुमधामका साथ ‘तमु ल्होसार’ मनाउँदै

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु