logo

bar

जाडोमा उपयोगी सिजी ब्राण्डका इलेक्ट्रोािक्स सामान

नयाँ पत्रिका काठमाडौं, १६ पुस | पुष १६, २०७४

नेपालमा धेरैले मन पराउने नेपालमै उत्पादित इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले विगत ११ वर्षदेखि नेपाली बजारमा विभिन्न घरायसी इलेक्ट्रोनिक्स सामान बिक्री गर्दै आएको छ । नेपालका ब्रान्डमा पहिलो पटक आइएसओ ९००१ मान्यता प्राप्त सिजी ब्रान्ड नेपालको नं. १ इलेक्ट्रोनिक्सको रूपमा स्वीकार भइसकेको कम्पनीको दाबी छ ।

सिजीले ५ वर्षदेखि सिजीका जाडोमा उपयोगी सिजी वासिङ मेसिन, माइक्रो वेभ ओभन, एसी, हिटर, गिजर, हटपट, इलेक्ट्रिक केटल, वाटर डिस्पेन्सर, फ्यान हिटरका विभिन्न मोडल बजारमा ल्याएको छ । सिजीले आप्mनै ब्रान्डमा बनाएको वासिङ मेसिनको बजारमा लोकप्रियता बढ्दै गएको कम्पनीले जानकारी दिएको छ ।

त्यसैगरी जाडोमा अर्को उपयोगी वस्तु एसी हो । सिजीको एसी पनि नेपाली बजारमा अत्यधिक रुचाइएको कम्पनीको भनाइ छ । यो विशेषगरी ठूला घराना, हस्पिटल, होटेल, रिसोर्ट, बैंक र ठूला कम्पनीले प्रयोग गरेको कम्पनीले जनाएको छ ।

सिजी ब्रान्डमा वाल माउन्टका साथै सिलिङ एक्यासेट एसी उपलब्ध छ । ३६ महिना वारेन्टी, बुट्टा भएको प्यानल, अति कम बिजुली खपत साथै ९९ प्रतिशत एन्टी ब्याक्टेरिया फङसन यसको प्रमुख विशेषता रहेको जनाइएको छ । बजारमा शून्य दशमलव ७५ देखि ४ टनसम्मका सिजीका एसी उपलब्ध छन् ।

बजारमा सिजीका माइक्रो वेभ ओभनले पनि राम्रो उपस्थिति जनाएको छ । सिजीले ३ किसिमका माइक्रो वेभ ओभन नेपाली बजारमा ल्याएको छ । सिजीले साधारण, ग्रिल र कन्भेक्सन माइक्रो वेभ ओभन २०, २५ र ३० लिटरमा उपलब्ध गराउँदै आएको छ । बजार मूल्य अन्य समानान्तर ब्रान्डको तुलनामा सस्तो रहेको ब्रान्ड प्रमुख विष्णृु ज्ञवालीको भनाइ छ । यसको बजार मूल्य न्यूनतम ८ हजार ६ सय ९० देखि अधिकतम १८ हजार १ सय ९० रुपैयाँ रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु