logo

bar

दुर्घटनामा २ को मृत्यु, एक घाइते

शशिधर भण्डारी प्यूठान, १५ पौष | पुष १६, २०७४

बस र मोटरसाईकल एक आपसमा ठोकिँदा २ जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । शनिवार बुटवलदेखि बरौलाका लागि छुटेको लु १ ख ४१३८ बस र बरौलाबाट भिंग्रि जाँदै गरेको लु ३६ प ३३२७ नम्बरको मोटरसाइकल ऐरावति ५ झिवाङ एक आपसमा ठोकिएको हो ।

बसको ठक्करबाट मोटर साइकलमा सवार स्वर्गद्धारी नगरपालिका वडा नं ३ बस्ने वर्ष ६ को अनमोल ठकुरीको घट्ना स्थलमा नै मृत्यु भएको छ ।

स्वर्गद्धारी नगरपालिका वडा नं ३ बस्ने अन्दाजि ४० वर्षकी डिल्ली ठकुरीको जिल्ला अस्पताल विजुवारमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

स्वर्गद्धारी नगरपालिका वडा नं ७ बस्ने ३८ वर्षका मोटर साइकल चालक गिरु प्रसाद भ‍ुसाल घाइते हुँदा जिल्ला अस्पताल विजुवारमा उपचारपछि थप उपचारको लागि भैरहवा लगिएको प्रहरीले जनाएको छ । बुटवल उपमहानगरपालिका १५ का ४८ वर्षीय चालक खुमानन्द पराजुली प्रहरी नियन्त्रणमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु