logo

bar
logo
Advertisment
SKIP THIS

प्रदेश ५ को राजधानी लुम्बिनी हुनुपर्छ : विष्ट

टोपलाल अर्याल गुल्मी, १५ पुस | पुष १५, २०७४

एमालेका सचिव तथा गुल्मी क्षेत्र नं. २ का नवनिर्वाचित सांसद गोकर्ण विष्टले ५ नम्बर प्रदेशको राजधानी गौतमबुद्धको जन्मस्थललाई सम्मान गर्दै लुम्बिनीमा हुनु पर्नेमा जोड दिएका छन् । उनले राजधानी तोक्ने जिम्मा प्रदेश सभाको भएकाले राजधानी तोक्ने काम प्रदेश सभाले गर्ने बताए ।

समसामयिक राजनैतिक प्रसङ्गमा उनले वाम एकताप्रति कुनै भ्रम नपाल्न आग्रह गरे । जनताको बहुमतले बाम एकता र विकास मागेकाले अब त्यो जिम्मेवारीबाट कोही भाग्न नसक्ने स्थिति रहेको बताए । उनले भने, ‘वाम एकतासँग बहुसंख्यक जनताको नेपालीको भावना र भविस्य जोडिएको छ । धेरै काम अगाडि बढेकाले कसैले शंका नगरौ ।’

बिष्टले दुईपार्टीबीच वैचारिक एकतामा समस्या नभएपनि संगठनको नयाँ संरचना सहितको एकिकरण हुने भएकाले केही समय भने लाग्ने बताए । उनले एकताबारे बाहिर फिजाइएका हल्लाहरुमा कुनै सत्यता नभएको स्पष्ट पारे ।

मुसिकोट नगरपालिका ५ को आपचौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता बिष्टले स्थानीय जनताको उत्साहका आधारमा गुल्मीको पहिचान बोकेको आपचौरलाई देशकै नमुना कफि उत्पादन गर्ने गाउँको रुसमा विकास गर्ने बताए । tr5gउनले भने, ‘ युवाहरु वैदेशिक रोजगारीमा छ्न्, तर, कफिमा गुल्मीको पहिचान बोकेको गाउँ अलपत्र छ । स्थानीय जनताको इच्छा र चाहाना भए कफिमै नमुना काम गर्न सकिन्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु