logo

bar

विकास निर्माणका योजनालाई राजनीतिकरण नगरौं : प्रमुख आयुक्त

केदार लाफा खोटाङ, १५ पुस | पुष १५, २०७४

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्नेतले विकास निर्माणका योजनालाई राजनीतिकरण गर्न नहुने बताएका छन् । आफ्नो गृह जिल्ला खोटाङ पुगेका बस्नेतले छोरम्बुमा शनिबार आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पछिल्लो समय विकास निर्माणका योजनालाई राजनीतिकरण गर्ने गरिएकाले देशमा अपेक्षित विकास नभएको उनले दाबी गरे । ‘विकासका नाममा राजनीति नगर्नुस् । राजनीतिबाट विकास गर्नुस् ।’ उनले भने, ‘आफूले दिएको आश्वसन पूरा गर्नुस् ।

सम्पूर्ण विकासका आयामहरु पूरा हुँदै जान्छ ।’ ४७ वर्षपछि गृह जिल्ला आएका प्रमुख आयुक्त बस्नेतलाई छोरम्बुवासीले दोसल्ला ओढाएर सम्मान गरेको थिए । बिकट जिल्लामा जन्मिएर पनि राज्यको उच्च तहमा पुगेर देशको सेवा गरेकामा सम्मान गरिएको जनाइएको छ ।

गाडीमार्फत गृह जिल्ला आएका प्रमुख आयुक्त बस्नेतले शनिबारै दिप्रुङ गाउँपालिका–३ छोरम्बुमा बिस्तार गरिएको केन्द्रीय विद्युत प्रशारण लाईन उद्घाटन गरे । विद्युत उद्घाटन, आफूले अध्ययन गरेको विद्यालय शान्ति निकेतन मीनाकर्ण मावि निरीक्षण र आफन्तलाई भेटेर प्रमुख आयुक्त बस्नेत शनिबारै राजधानी काठमाडौँ फर्किए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु