logo

bar

विराटनगरको हाटखोलामा एनसेल मेला हुँदै

नयाँ पत्रिका काठमाडौं, १५ पुस | पुष १५, २०७४

मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले ग्राहक तथा शुभचिन्तकसँग थप नजिक भई खुसियाली साटासाट गर्न र दु्रतगतिको मोबाइल ब्रोडब्यान्ड सेवा फोरजीको अनुभव प्रदान गर्न आज शनिबार विराटनगरको हाटखोलामा ‘एनसेल मेला २०७४’ आयोजना गर्दै छ । गत साता पोखरामा आयोजना गरिएको मेलापछि विराटनगरमा गरिन लागेको हो । एनसेल मेलालाई विराटनगरवासीले पनि सहयोग गर्ने विश्वास कम्पनीले लिएको छ ।

फोरजी थिममा आधारित मेला
बिहान ११ बजेदेखि सुरु हुने विविध मनोरञ्जनात्मक कार्यक्रमसहितको मेलामा दर्शकले कन्सर्टको लाभ लिन सक्ने एनसेलले जानकारी दिएको छ । मेलामा विभिन्न गेम्स्लगायत सबै मनोरञ्जनात्मक गतिविधि फोरजी थिममा आधारित हुनेछन् भने दर्शकले चर्चित गायक तथा सांगीतिक समूहको प्रस्तुतिबाट आनन्द लिन सक्नेछन् ।

मेलामा सहभागी कलाकार
एनसेलका अनुसार, मेलामा कलाकार शिव परियार, आशिष राना (लाउरे), सांगीतिक समूहमा कबवेभ र द एजले आफ्ना प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । रोडिज्का विजेता समन श्रेष्ठ र फस्र्ट रनरअप अनिमेश शाहीको पनि मेलामा सहभागिता रहनेछ । साना बालबालिकाको गायन प्रतिभा उजागर गर्न मेलामा ‘जुनियर सिंगिङ आइडल’ कार्यक्रम पनि आयोजना गरिने एनसेलले बताएको छ ।

सबै उमेर समूहलक्षित मेला
मेला सबै उमेर समूहका दर्शकलक्षित हुने हुँदा विभिन्न कार्यक्रम समावेश गरिनेछ । गेम स्टलमा दर्शकले मनोरञ्जन लिनुका साथै विभिन्न पुरस्कार पाउन सक्नेछन् । साँझ ६ः३० बजेसम्म चल्ने मेलामा प्रवेश निःशुल्क गरिएको एनसेलले जनाएको छ ।

फोरजी सेवाबारे जानकारी
मेलामा सहभागीलाई १९ सहरमा पुगिसकेको एनसेलको फोरजी सेवाबारे जानकारी दिइनुका साथै एनसेल फोरजी जोनमा फोरजी इन्टरनेट चलाएर टेस्ट गर्न पाउनेछन् । मेलामै आवश्यक कागजात बुझाइ फोरजी सिम खरिद गर्न तथा पुरानो सिमलाई फोरजी सिममा अपग्रेड गर्न सक्नेछन् ।

मेलाका आकर्षण
मेलाको अमेलामा जादू, किड्स जोन र फुड स्टल पनि रहेनछन् । त्यसैगरी, मेलाको अन्य आकर्षणमा फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइन्ड मेकअप, युनिकर्न रिङ टसजस्ता गेम्स पनि रहनेछन् । पेपर प्लेन थ्रो, मिनीगल्फ, फ्रगजम्प र कार रेसजस्ता फोरजी थिममा आधारित गेम्सले दर्शक तथा आगन्तुकलाई मनोरञ्जन प्रदान गर्ने विश्वास एनसेलको छ । बालबालिकाले पनि ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरलगायतका गेमबाट रमाइलो गर्न सक्नेछन् ।

एनसेलका अनुसार, आफ्ना साथीभाइ र परिवारजनसँग खुसियाली साट्दै सन् २०१७ को बिदाइ र नयाँ वर्ष २०१८ को स्वागत गर्न एनसेल मेला उपयुक्त थलो बन्नेछ । पोखराबाट सुरु भएको मेला पुस २२ मा बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा र पुस २९ मा ललितपुरको जावलाखेल मैदानमा आयोजना गरी समापन हुने एनसेलले बताएको छ ।

तपाईको प्रतिक्रिया