logo

bar

राष्ट्रपतिद्वारा राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण

नयाँ पत्रिका काठमाडौं, १४ पुस | पुष १४, २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले नेता सुवास नेम्वाङले भेटेलगत्तै राष्ट्रपतिले अध्यादेश जारी गरेकी हुन् ।

एकल संक्रमणीय कि बहुमतीय मत प्रणाली भन्ने विवादका कारण लामाे समयदेखि अध्यादेश जारी भएकाे थिएन । कांग्रेस नेतृृत्वको सरकारले एकल संक्रमणीयको व्यवस्थासहित अध्यादेश सिफारिस गरेको थियो भने एमालेले त्यसको विरोध गरेकाे थियाे ।

अध्यादेश जारी नहुँदा राष्ट्रियसभाको निर्वाचन राेकिएकाे थियाे भने प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट समेत सार्वजनिक हुन पनि सकेकाे थिएन । तर, एमाले आफ्नो अडानमा लचिलो भएपछि शुक्रबार अध्यादेश जारी भएको हाे । त्यसअघि माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि राष्ट्रपतिलार्इ भेटेर अध्यादेश जारी गर्न सुझाव दिएका थिए ।

अध्यादेश प्रमाणिकरण गर्दै राष्ट्रपति । तस्बिर : रासस

 

अध्यादेश जारी भएसँगै राष्ट्रिय सभा निर्वाचनको ढाेका खुलेकाे छ । अब सरकारले  राष्ट्रिय सभा निर्वाचनको मिति तोक्नेछ  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु