logo

bar

निमोनियाको जोखिममा बालबालिका

नयाँ पत्रिका काठमाडौं, १४ पुस | पुष १४, २०७४

डा. विष्णुरथ गिरी
बालरोग विशेषज्ञ

लक्षण
-निमोनिया लाग्ने बच्चालाई अत्यधिक ज्वरो आउने तथा लगातार खोकी लाग्ने गर्छ ।

-निमोनिया लाग्ने बच्चालाई श्वासप्रश्वासमा पनि बाधा उत्पन्न हुन्छ । छिटो–छिटो श्वास फेर्ने समस्या पनि हुन थाल्छ ।

-निमोनिया हुनेलाई खकारमा रगत पनि देखिने समस्या हुन्छ । वेला–वेलामा कोखा हानिरहने भए पनि निमोनिया हुन सक्छ ।

-ओठ र जिब्रो निलो भएमा पनि निमोनिया हुन सक्छ ।

बच्चालाई जोगाउन

-निमोनिया चिसोबाट लाग्ने भएकाले सबैभन्दा पहिले त बच्चालाई न्यानो बनाइराख्न जरुरी हुन्छ । उनीहरूलाई धुवाँ, धुलोमा पनि त्यति धेरै खेल्न दिनुहुँदैन ।

-बच्चालार्इं सुताउँदा कहिल्यै पनि छातीतर्फ बल पार्नुहुँदैन । बच्चा बस्ने कोठा पनि न्यानो हुन जरुरी हुन्छ ।

-पोषणयुक्त मनतातो झोलिलो कुरा खुवाउनुपर्छ । तर, ६ महिनासम्मको बच्चालाई भने आमाको दूधबाहेक अरू खुवाउनुहुँदैन ।

-निमोनिया भएमा सकेसम्म बट्टा तथा प्याकेटको दूध खुवाउनुहुँदैन । त्यस्तै, बच्चालाई कहिल्यै पनि बन्द कोठामा राख्नुहुँदैन ।

-निमोनियाबाट बचाउन नियमित रूपमा खोप लगाउनुपर्छ ।

तपाईको प्रतिक्रिया