logo

bar

राष्ट्रिय परीक्षा बोर्डको सदस्यसचिवमा अर्याल

नयाँ पत्रिका काठमाडौं, १४ पुस | पुष १४, २०७४

राष्ट्रिय परीक्षा बोर्डको सदस्य–सचिवमा दुर्गाप्रसाद अर्याल नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णयबाट अर्याललाई सदस्यसचिवमा नियुक्त गरिएको हो ।

अर्याल बोर्डका प्रथम श्रेणीका कर्मचारी हुन् । शिक्षा ऐनको आठौँ संशोधनले गरेको व्यवस्थाअनुसार उपप्रधान तथा शिक्षामन्त्रीले १२ पुसमा सदस्यसचिव नियुक्त गरेका हुन् । बोर्डको गठन भएपछि कर्मचारीबाट पहिलोपटक सदस्य सचिवमा नियुक्त गरिएको हो । सदस्यसचिवमा नियुक्त भएपछि अर्यालले बोर्डमा उन्नति र प्रगतिका लागि कटिबद्ध भएर काम गर्ने बताए ।

कक्षा १२ सम्मलाई विद्यालय शिक्षा बनाएपछि शिक्षा ऐनको आठौँ संशोधनबाट उच्च माध्यमिक शिक्षा परिषद् हटाएर राष्ट्रिय परीक्षा बोर्ड गठन भएको थियो । बोर्डमा शिक्षासचिव उपाध्यक्ष रहने व्यवस्था छ । बोर्ड गठन भएको एक वर्षपछि केही समयअघि अध्यक्षसमेत नियुक्त भएका छन् ।

सदस्यसचिव शिक्षामन्त्रीले नियुक्त गर्न सक्ने व्यवस्था छ भने अध्यक्षका लागि लोक सेवा आयोगका अध्यक्षको संयोजकत्वमा गठन हुने सिफारिस कमिटीले छनोट गरेपछि मन्त्रिपरिषद्बाट नियुक्त गर्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु