logo

bar
logo
Advertisment
SKIP THIS

वडा अध्यक्ष चौहानको निधन

नविन केसी अर्घाखाँची, १३ पुस | पुष १३, २०७४

अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं ३ का अध्यक्ष जीवन चौहानको मृत्यु भएको छ । उनी गत मंसिर २७ गते अर्घाखाँचीबाट बुटवलतर्फ आउँदै गर्दा रुपन्देहीको सैनामैना नगरपालिकामा पर्ने रानीबगियामा सडक दुर्घटनामा गम्भीर घाइते भएका थिए ।

मोटरसाइकलमा सवार उनलाई दुधबोक्ने गाडीले ठक्कर दिएकाे थियाे । बुटवलमा उपचार हुन नसकेपछि चौहानलाई तत्काल भरतपुर मेडिकल कलेज लगिएकाे थियो । उपचारका क्रममा विहीबार चौहानको निधन भएको पारिवारिक स्राेतले जनाएको छ ।

 

वडाध्यक्षमा विजयी भएका चौहान खनदहमा विकासप्रेमी नेताको रुपमा चिनिन्थे । उनी एमाले जिल्ला सचिवालय सदस्य समेत थिए । छोरा दुर्घटनामा परेको खबरले बेहोस भएका ८० वर्षीय बावु तकबहादुरको मंसिर २८ गते मृत्यु भएको थियो । उनका दुई छोरा, दुई छोरी र एक श्रीमती छन् ।

चौहानको निधनले जिल्ला यतिबेला शोकमा डुबेको छ । अर्घाखाँची जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, प्रदेशसभा सदस्यहरु चेतनारायण आचार्य र रामजीप्रसाद घिमिरेले संयुक्त रुपमा कम्युनिष्ट पार्टीको झण्डा ओडाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु