logo

bar

भैरहवा ग्ल्याडिएसर्ट इपिएलको फाइलनमा, उपाधिका लागि विराटनगरसँग भिड्ने

नयाँ पत्रिका काठमाडौं, १३ पुस | पुष १३, २०७४

भैरहवा ग्ल्याडिएसर्ट ३ विकेटको रोमाञ्चक जित हासिल गर्दै इपिएलको फाइलनमा पुगेको छ । १३३ रनको लक्ष्य पछ्याएको भैरहवालाई अन्तिम ओभरमा १३ रन आववश्यक परेको अवस्थामा दिपेश भण्डारीको बलमा रोहित कुमार पौडेलले लगातार २ छक्का र १ रन प्रहार गरेर टिमलाई महत्वपूर्ण जित दिलाए । १७ बलमा २८ रनको निर्णयक पारी खेलेका पौडेल म्यान अफ द म्याच घाेषित भए ।

 भैरहवाको सुरुवात औसत रह्यो । ८८ रन जोड्दा ६ विकेट गुमाइसकेको भैरहवाको पारी रोहित पुनित मिश्रले २७ रनको साझेदारी गरे । मिश्र व्यक्तिगत १६ रनमा आउट भए, जतिबेला टिमको स्कोर ११५ रन थियो । भने भैरहवाका कप्तान भरद भेषावकर मात्र ९ रनमा आउट भएका थिए ।

यो सँगै इपिएलको फाइनलमा विराटनगर वारियर्स र भैरहवा ग्ल्याडिएसर्ट पगेका छन् । शनिबार हुने फाइनल उपाधिका लागि विराटनगर वारियर्स र भैरहवा ग्ल्याडिएसर्टबीच प्रतिस्पर्धा हुने छ ।

पहिले ब्याटिङ गरेको ललितपुरले सुरुवात राम्रो गरेको थियो । शंकर राना र कोल्सावालाले पहिलो विकेटका लागि ५१ रनको साझेदारी गरे । कोल्सावाला ४२ रनमा आउट भएपछि ठूलो साझेदारी हुन सकेन र २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाउन सक्यो । उसका लागि सन्नी पटेलले २४, दिनेश भण्डारीले २२ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले २० रन जोडेका थिए ।

तपाईको प्रतिक्रिया