logo

bar

बागलुङ महोत्सवको तयारी पूरा : एनआरएनका अध्यक्ष भट्टले उद्घाटन गर्ने

हरिप्रसाद शर्मा बागलुङ, १३ पुस | पुष १३, २०७४

शुक्रबारदेखि सुरु हुने पाँचौं बागलुङ महोत्सवको सबै तयारी पूरा भएको छ । ‘कला संस्कृतिको संरक्षण कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ सुरु हुन गइरहेको प्रदेश नम्बर ४ स्तरीय बागलुङ महोत्सवको तयारी पूरा भएको आयोजक बागलुङ उद्योग बाणिज्य संघले जनाएको छ । महोत्सवको पूर्वसन्ध्यामा बुधवार बागलुङ बजार सरसफाई समेत गरिएको छ । बागलुङ बजारका चोक चोक मा स्वागत गेट, तुल व्यानर राखिएको छ ।

महोत्सव उद्घाटन भवन भट्टले गर्ने

बागलुङ महोत्सवको उद्घाटन गर्न शुक्रबार गैरआवासीय नेपाल संघ (एनआरएनए)का अध्यक्ष भवन भट्ट बागलुङ आउने भएका छन् । आगामी पुस १४ देखि २३ गतेसम्म सञ्चालन हुने महोत्सव उद्घाटनका लागि भट्ट बागलुङ आउने निधो भएको बागलुङ उद्योग वाणिज्य संघका महासचिव दयाराम पौडेलले बताए ।

 महोत्सव उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई ल्याउने तयारी गरिए पनि देशको राजनीतिक परिस्थितिका कारण आउन नसक्ने भएपछि भट्टलाई ल्याउन लागिएको बागलुङ महोत्सव मूल आयोजक समितिका संयोजक एव बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले जानकारी दिए । बागलुङबाट ठूलो संख्यामा युवाहरु विदेशमा भएका कारण पनि एनआएरएनए अध्यक्षलाई ल्याउने टुड्डोमा पुगिएको उनले बताए ।

५० करोडको आर्थिक कारोबार गर्ने लक्ष्य

एक सातासम्म चल्ने महोत्सवमा दुई लाख दर्शक भित्राउने र ५० करोडका आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ । महोत्सवका लागि भौतिक संरचना निर्माणका काम सकिएको छ भने एक सय ८२ वटा स्टल बुकिङ भैसकेको छ । स्थान अभावका कारण अब स्टल बुकिङको कार्यक्रम रोकिएको बताइएको छ ।

जिल्लाको पर्यटन प्रवद्र्धनका लागि लाईट हेलीबाट विभिन्न पर्यटकीय स्थानहरुको अवलोकन गराउने समेत तयारी भैरहेको बागलुङ उद्योग वाणिज्य महासंघका महासचिव दयाराम पौडेलले बताए । ‘हेलीबाट दृश्यावोलोकन गर्न चाहानेहरुको अग्रिम बुकिङ शुरु भैसकेको छ,’ पौडेलले भनेँ, ‘ स्थलमार्गबाट पनि यहा“को पञ्चकोट र भकुण्डे लगायतका स्थानमा जान चाहानेहरुका लागि सवारी साधनको व्यवस्थापन मिलाउ“दैछौं ।’

६० जना भन्दा बढी कलाकारको प्रस्तुति

महोत्सवको मुख्य आर्कषणका रुपमा उँटको नृत्य रहने बताएको छ । महोत्सव अवधिभर ६० जना स्थानीय तथा राष्ट्रिय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति रहने बताइएको छ । महोत्सवमा बागलुङका मौलिक झाँकी प्रर्दशनी, स्थानीय उत्पादनको प्रबद्धन हुने आयोजकको भनाइरहेको छ । मेलामा खुल्ला लोक दोहोरी प्रतियोगिता लाईभ डिजे कन्र्सट तथा भलिवाल र ठेला समेत हुने आयोजक समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया