logo

bar

‘अन्धकार नै उपहार भयो’

शशिधर भण्डारी प्यूठान, १२ पौष | पुष १२, २०७४

नौबहिनी गाउँपालिका ८ चारिवाङ निवासी बेली पुनको घरमा बिलुजी बाल्न भन्दै वाइरिङ गरिएको छ । घरको बाहिर, घर भित्र रहेका प्रत्येक कोठा, शौचालय सबै तिर चार्डपर्वमा झिलमिलि पार्न र अन्य समसयमा आवश्यकता अनुसार बाल्ने आशमा । तर, वाइरिङ गरेको चार वर्ष भयो, लाईन आएन । वाइरिङ हेर्दै नेतालाई गाली गर्दै, पोल हेर्दै चार वर्ष बित्यो, पोलमा तार पनि हालिएन बिजुली त आउने कुरै भएन ।

बिद्युतीकरण गर्न भन्दै पोल गाडेको चार वर्ष पुग्दा पनि तार टाग्ने सुरसारै नगरेको स्थानीय बताउँछन् । स्थानीय बेली पुनले भनिन्, ‘दसैँसम्म आउछ है भन्दै स्थानीय नेताहरुले आश्वासन मात्र देखाएर तीन ओटा दसैँ धकिलियो । अहिलेको चुनावमा पनि बिजुली ल्याइदिन्छु भनेका छन् । गाउँलेहरु मिले मरीमरि पोल बोकेर गाडियो’ पुनले भनिन् ‘जिजुको आश, मरि जास भनेझै भयो ।’

नौबहिनी गाउँपालिकाको ७ वडामा पनि आंशिक रुपमा बिजुली पगेको छ । साविकको फोप्ली गाविस अहिले नौबहिनी गाउँपालिकाको ७ र ८ वडामा विभाजन गरिएको छ । बिजुली उत्पादनका लागि ३० लाख रुपैया गाउँ विकास समितिको बजेटबाट छुट्याएर पोल खरिद भएको थियो । तर, खरिद गरिएका मध्ये १७ वटा पोल गत वर्षको बाढीले बगायो । पुनः पोल खरिद गरेर गाडिएपनि अहिलेसम्म तार टांग्ने सुरसारै नभएको स्थानीयको गुनासो छ ।

११ सय घरधुरी अन्धकारमा
करिब ११ सय घरधुरी नौबहिनी गाउँपालिकाको ७ र ८ मा विद्युतीकरण गर्न बाँकी छ । तत्कालिन गाउँ विकास समितिबाट बजेट छुट्याएर खरिद गरिएको पोलमा तार टाग्न यस पटक नौबहिनी ७ वडाबाट बजेट नै नछुट्याएको स्थानीय मधु भण्डारीले बताए । ‘सडकविहिन ठाउँमा काँध खुल्काई खुल्काई पोल ल्याएर गाड्यौँ । तर, तार टांग्ने बजेट नै छुट्टिएन’ मधु भण्डारीले भने ‘सांसदहरुले नगरेको काम स्थानीय जनप्रतिनिधिले गर्लान भनेको अन्धकार नै उपहार भयो’ ।

तपाईको प्रतिक्रिया