logo

bar

बाजुरा पूर्ण खोपयुक्त जिल्ला घोषणाको अन्तिम चरणमा

गगन अयडी बाजुरा १२ पुस | पुष १२, २०७४

बाजुरा नेपालकै ३१ औं पूण खोपयुक्त जिल्ला घोषणा हुने तयरीमा छ । यही पुस १४ गते बाजुरा नेपालको ३१औं र प्रदेश न ७ को आठौं जिल्लाको रूपमा पूर्ण खोपयुक्त घोषणा हुन लागेको हो । जिल्ला सदरमुकाम मार्तडीको खुला मञ्चमा भव्य कार्यक्रमका साथ पूण खोपयुक्त जिल्ला घोषणा गर्ने कार्यक्रम रहेको जिल्ला जनस्वास्थ्य अधिकृत रमेश कुवरले बताए ।

सोही कार्यक्रममा जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्था पनि स्थानीय तहमा हस्तान्तरण गर्ने तयारी रहेको जिल्ला स्वास्थ कार्यालय बाजुराका प्रमुख रूपचन्द विश्वकर्माले जानकारी दिए । मंगलबार जिल्ला स्वास्थ कार्यालयले पत्रकारसँग अन्तरक्रिया गरी जिल्ला स्वास्थ कार्यालय बाजुराले उक्त कार्यक्रमको जानकारी गराएको थियो ।

जिल्लाका सम्पूर्ण नगरपालिका र गाउँपालिकामा आवश्यक खोपको मात्रा पु¥याइसकेको र जनचेतना अभिवद्धिका कार्यक्रम सम्पन्न गरी स्वास्थ्य संस्थामा खोप लगाउन आउने भएपछि पूण खोप युक्त जिल्ला घाेषणा गर्न लागेको प्रमुख विकले बताए ।

तपाईको प्रतिक्रिया