logo

bar

सरकारी कार्यालयका शौचालय !

अशोक पहाडी रौतहट, १२ पुस | पुष १२, २०७४

रौतहट जिल्लाका अधिकांश सरकारी कार्यालयका शौचालय दुर्गगन्धित छन् । कार्यालयहरूले शौचालय सरसफाइ र व्यवस्थापनमा चासो नदेखाउँदा त्यसको मारमा सेवाग्राही परेका छन् । जिल्ला विकास समन्वय समिति, मालपोत, जिल्ला प्रशासन, गौर अस्पताल, खानेपानी, नापी, जिल्ला प्रहरीलगायतका कार्यालयमा शौचालयको सरसफाइमा ध्यान नदिँदा सेवाग्राहीहरू बढी समस्यामा छन् ।

शौचालयको दुर्गन्धले जिल्ला मालपोत कार्यालयमा काम लिएर आउने सेवाग्राही पिरोलिने गरेका छन् । जिल्लाका अधिकांश सरकारी कार्यालयका शौचालय फोहोर हुनुका साथै कार्यालयका चुना र भित्तामा पान गुटखाले रंगिएको छ । गौरमा रहेको जिल्ला नापी कार्यालयको पनि शौचालयको दुर्गन्धले सेवाग्राही मात्र होइन कर्मचारी पनि समस्यामा छन् । शौचालयनजिकै कोठा भएका कर्मचारी दिनभरि झ्याल बन्द गरेर बस्न बाध्य भएको नापी कार्यालय गौरका एकजना कर्मचारीले बताए ।

जिल्ला मालपोत कार्यालय रौतहट गौरका नायव सुव्वा केशव भट्टराईले दिभरी कार्यालयमा आउने सेवा ग्राहीको चापका कारण शौचालय फोहोर बनेको बताए । गौरमा रहेको जिल्ला अस्पतालले समेत व्यवस्थित शौचालयको निर्माण गरेको छैन । अस्पतालको आपतकालीन कक्षनजिकै रहेका शौचालयहरू फोहोर छन् ।

उपचारका लागि अस्पताल आएका बिरामीलाई अस्पतालको दुर्गन्धले थप बिरामी बनाउने उपचारका लागि आएका बिमारीहरुले बताउदै आएका छन् । जिल्ला अस्पतालका कर्मचारीले भने, सरसफाइ भइरहेको छ, कहिलेकाहीँ फोहोर भयो होला । जिल्लाका सरकारी ार्यालयका फोहोर शौचालयका कारण समस्या परेको गुनासो सेवाग्राहीले गर्दै आएका छन् ।

कतिपय सरकारी कार्यालयले शौचालयमा ताला मारेर बस्ने गरेका कारण कामले सरकारी कार्यालयमा जाने सेवाग्राहीहरु शौच गर्नका लागि होटल तिर जानुपर्नै बाध्यता छ । । कार्यालयको शौचालय सफा राख्न कसैले चासो देखाएका छैनन् ।

नापी र पालपोत कार्यालयमा पनि शौचालय फोहोर छन् । सधै सफा गर्ने दाबी कार्यालय प्रमुखले गरे पनि शौचालय सफा छैनन् । केही कार्यालय प्रमुखहरू पनि शौचालयका कारण समस्या भएको बताउँछन् । माथिल्लो निकायबाट शौचालयमा बजेट नछुट्याइएको उनीहरूको भनाइ छ । जिल्ला समन्वय समिति रौतहटका प्रमुख उमेश बस्नेतले शौचालय सरसफाइमा ध्यान दिने बताए ।

म त त्यतातिर गएकै छैन, अब सफा गर्न लगाउँछु, उनले भने । कार्यालय प्रमुखहरूको छुट्टै शौचालय भने सफा छ । जिल्ला अदालत गौरले सर्बसाधारणका लागि खुल्ला राखेको शौचालयमा पिसाब गर्न जादासमेत नाक थुनेर जानुपर्ने अवस्था रहेको काम विशेषले जिल्ला अस्पताल पुगेका सन्तपुर दोस्तियाका सुरेन्द्र यादवले बताए ।

जिल्लाका सबै जसो सरकारी कार्यालयले आफ्नो कार्यालयमा रहेका शौचालय सफागर्न ध्यान नदिएको कारण काम लिएर तेहा जाने सेवाग्राहीहरु मारमा परेको नेपाल पत्रकार महासंघ रौतहटका पूर्वअध्यक्ष प्रमेचन्द्र झाको भनाई रहेको छ ।

जिल्ला हुलाक कार्यालय रौतहटमा पछिल्लो समय केही वर्ष पहिलाको तुलनामा चिठी पत्र आउन छाडेको छ । रौतहटमा केहि वर्ष अघि सम्म दैनिक २, ३ सयको हाराहारीमा चिठि पत्र पोष्ट हुन्थे । रजिष्टर गरेर पठाउनेको पनि संख्या धेरैनै हुन्थ्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु