logo

bar

मनिल चौधरी मिस्टर गे ह्यान्डसम नेपाल

नयाँ पत्रिका काठमाडौं, १२ पुस | पुष १२, २०७४

सर्लाहीका मनिल चौधरी मिस्टर गे ह्यान्डसम नेपाल बनेका छन् । १५ प्रतिस्पर्धीलाई उछिन्दै चौधरी २०१७ का लागि मिस्टर गे ह्यान्डसम नेपाल घोषित भएका हुन् । उनले पुरस्कारस्वरूप ५० हजार रुपैयाँ प्राप्त गरे ।

विजेता मनिल चौधरी (बीचमा) फस्र्ट रनरअप वीरेन्द्र चौधरी (दायाँ) र सेकेन्ड रनरअप अनुज तामाङ ।

 

धनगढीका वीरेन्द्र चौधरी फस्र्ट रनरअप बन्दा पाटनका अनुज पिटर तामाङ सेकेन्ड रनरअप बने । उनीहरूले क्रमशः ४० र ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

विजेताबाहेक अन्य पाँच विधामा पाँचजनालाई उत्कष्ट छनोट गर्दै १०–१० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरियो । निलहिरा समाजको आयोजना तथा भ्वाइस अफ चिल्ड्रेनको सहयोगमा भएको यो प्रतियोगिता दोस्रो हो ।

समाजमा लुकेर रहेका र अन्यायमा परेका बहुसंख्यक समलिंगी र तेस्रो लिंगीहरू समाजमा खुल्न सकून् भन्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको निलहिरा समाजकी अध्यक्ष पिंकी गुरुङले बताइन् । जमलस्थित नाचघरमा भएको कार्यक्रममा समाजका समलिंगी, तेस्रो लिंगीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए । यसअघि २०१३ मा पहिलोपटक मिस्टर गे ह्यान्डसम नेपाल छानिएको थियो ।

तस्बिर : कृष्ण पौड्याल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु